२७२ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 04:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषले योगदानमा आधारीत सामाजिक सुरक्षा योजना अन्तर्गत कोषमा सूचिकृत रोजगारदातालाई प्रमाणपत्र प्रदान गरेको छ । कोषले दुई सय ७२ रोजगारदातालाई प्रमाणपत्र प्रदान गरेको हो ।

हलसम्म कोषमा छ सय २५ रोजगारदाताको आवेदन परेको छ । जसमध्ये २ सय ७२ आवेदन मात्रै प्रमाणीकरणमा परेका छन् । कोषमा सातै प्रदेशका रोजगारदाताबाट आवेदन आएका थिए । कोषमा पेश भएका आवेदनमध्ये प्रमाणीकरण भएकालाई कोषले पहिलो चरणमा प्रमाणपत्र वितरण गरेको हो । पछिल्लो चरणमा आउने आवेदनको प्रमाणपत्र भने कोषले विभिन्न माध्यमबाट वितरण गर्ने जनाएको छ ।

आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागी सरकारले गत मंसिरबाट योगदानमा आधारीत सामाजिक सुरक्षा योजना लागू गरेको हो । जसअन्तर्गत रोजगार प्रदान गर्ने रोजगारदाताले सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत हुनुपर्ने प्रावधान छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved