बेरोजगार युवालाई रोजगार दिदै गाउँपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 04:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताएका छन् । 

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई बुधबारदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताए । प्रत्येक वडामा २८ जनाका दरले बेरोजगार युवालाई गाउँपालिकाभित्र रोजगारी  दिने योजना रहेको छ ्र गाउपलिकाले सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा युवालाई रोजगारी दिन  थालिएको छ । 

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिए । 

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै कामको खोजीमा भारतलगायका देशमा जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर बुधबारदेखि काममा लगाइएको हो । ‘श्रमको सम्मान गाउँपालिकाको अभियान’ भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो रु त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved