दोस्रोपटक कोरिया जान ३२ हजारको आवेदन, परीक्षा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 01:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ईपिएस कोरिया शाखाद्धारा सञ्चालन गर्न लागेको कम्प्युटरमा आधारित परीक्षा ‘सिबिटि’ परिक्षामा ३२ हजार ३ आवेदन परेको छ । कम्तिमा पनि ३ बर्ष वैधानिक रुपमा दक्षिण कोरियामा काम गरेर फर्किएका युवाहरुले यो परिक्षामा सामेल हुन पाउने छन् ।

शाखाले आगामी वैशाख ४ गतेबाट सञ्चालन गर्ने सिबिटि परिक्षामा सामेल हुन फागुन १७, १८ र १९ गते आवेदन खुल्ला गरेको थियो । एकपटक कोरिया गएर फर्किएका र फेरि जान ईच्छुक ३२ हजार ३ जनाले आवेदन दिएको ईपिएस शाखाले जानकारी दिएको छ ।

कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोग नलागेको र नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिले यो परीक्षामा भाग लिन पाउने छन् । यो परिक्षामा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने छ । शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस परिक्षामा सामेल हुन कोरियामा कम्तिमा पनि तीन वर्ष काम गरेका र ३९ वर्ष ननाघेको हुनु पर्नेछ ।

आगाी वैशाख ४ गतेबाट प्रत्येक दिन चार सत्रमा परीक्षा सञ्चालन गरिनेछ । एक सत्रमा २८ जनाका दरले एक दिनमा ११२ जनाले परिक्षा दिनेछन् । सन् २०१२ बाट सुरु भएको सिबिटि परिक्षा उत्तिर्ण गरी हालसम्ममा ६ हजार युवा रोजगारीको लागी पुन कोरिया पुगेको शाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved