हाजिर गर्दै सञ्जेलले भनेः अब एजेन्टलाई अख्तियार लगाइदिन्छु !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 11:37:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले सरकारको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेपछि नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्‍जेल पुनः श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन। 

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका सञ्‍जेल पुनः बुधबार कार्यालयमा फर्किएका हुन। नेपाल सरकारका उप–सचिव भएर लामो समयदेखि भ्रष्टाचार विरोधी अभियानमा होमिएका कारण चर्चामा रहेका उनी बिहान ९ः४५ बजे नै कार्यालय पुगेका थिए ।

सर्वोच्चले बाटो खुल्ला गरिदिएपछि कार्यालयमा हाजिर गरेर उनले पहिल्यै जस्तो नियमित काम सुरु गरेका छन् । कार्यालयमा हाजिर भएपछि सञ्‍जेलले कर्मचारीसँग आवश्यक छलफल गर्दै कसैले पनि घुस खान नहुने र भ्रष्टाचार गर्न नहुने सुनाए। जनताको काममा यो वा त्यो बहानमा ढिलासुस्ती गर्ने र घुस खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि उनले दिए। 

निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट श्रम कार्यालयमा बरिष्ठ श्रम अधिृकतका रुपमा गत असोज ११ गते उनको सरुवा भएको थियो ।विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाउने, औद्योगिक क्षेत्रमा हुने गरेको श्रमशोषणलगायत विषयलाई नियमसंगत ढंगले सम्बोधन गर्दै जाने, सरकारी तथा निजी विद्यालयमा हुने गरेको श्रमशोषणको अनुगमन गर्ने उनको प्राथमिकतामा छन्।

घुस्याहा कर्मचारीकै कारण मुलुकमा भ्रष्टाचार बढिरहेको र सर्वसाधारण जनताले सहज सेवा पाउन नसकेको उनको ठम्याई छ । हामी सबै लागियो भने मुलुकको छवि सुधार्न सकिन्छ भन्दै उनले भ्रष्टाचार र घुसखोरीको विरोध गर्दा आफुलाई जुनसुकै कारवाही गरे पनि भोग्न तयार भएको बताए। सम्मानित अदालतले न्याय दिएपछि आफ्नो अभियानमा सहयोग पुगेको उनको भनाई छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved