जापानमा कामदारलाई बर्षमा १५ दिन तलबी बिदा, श्रीमती सुत्केरी हुँदा ३ गुणा बढी तलब

दिलिप खड्का

दिलिप खड्का

Mar 28, 2019 | 11:36:11 AM मा प्रकाशित

laxmi  sunrise bank

द्रिपक्षीय श्रम सम्झदारीमा नेपाल र जापानबीच चैत ११ गते सहमति भएको छ। नेपाली श्रमिकहरु जापान पठाउने सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले र जापानका तर्फबाट राजदुत मासामियो साईगोले हस्ताक्षर गरेका छन। दुईदेशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा सम्झौता भएको हो।

नेपाल र जापानबीच श्रम समझदारीमा सहमति भएसंगै जापान जानलाई आवश्यक बिधि र प्रकृया तथा नेपाली कामदारको सेवा सुविधाबारे चर्चा सुरु भएको छ। समझदारीपत्रमा धेरै बिषयहरु उल्लेख हुन बाँकी भएपनि केहि बिषयहरु भने स्पष्ट पारिएका छन। 

समझदारीअनुसार नेपाली कामदार जापान पठाउन छुट्टै संयन्त्र निर्माण हुनेछ। नेपाली श्रमिक पठाउनलाई श्रमिकको छनौट लगायतका सम्पूर्ण प्रक्रियगत कामहरु गर्नलाई खडा गरिने छुट्टै संयन्त्र वैदेशिक रोजगार विभाग मातहत रहनेछ।       

जापान जानलाई लाग्ने लागत, बिधि प्रक्रियाबारे निर्णय लिनलाई दुवैदेशबीच दुई देश सम्मिलित कमिटी गठन भएको छ। श्रमिकको भर्ना, रोजगारी र स्वेदश फिर्तीलगायतका विषयमा विधि एवम् प्रक्रियाको टुंगो उक्त कमिटीले लगाउने छ। 

जापानले विभिन्न १४ वटा क्षेत्रमा विदेशी कामदार लैजान लागेको छ। कृषि, नर्सिङ, केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको हो। त्यस्तै खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाइ उद्योगमा श्रमिक लैजाने छ।तर कुन क्षेत्रमा कति कामदार लैजाने भन्ने विषयमा सहमति हुन सकेको छैन। मागका आधारमा कामदार आपूर्ति गरिने बताइएको छ। 

तोकिएका दक्ष कामदार (स्पेसिफाइड स्किल्ड वर्कर) अन्तर्गत जापान जान चाहने कामदारलाई भाषा र सीप अनिवार्य छ। जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ। भाषा र सीप सम्बन्धी तालिम जापान सरकार आफैंले सञ्चालन गर्ने छ। भाषा र परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले टुंगो लगाउने छ। 

नेपाली कामदारलाई जापानी नागरिक सरह सेवासुविधा दिइने सम्झौतापत्रमा उल्लेख छ। श्रमिकहरूले रोजगारीका सेवा, सुविधा एवम् शर्तहरूमा जापानी नागरिकसरह  समान व्यवहार हुने व्यवस्था सुनिश्चित गरिएको छ। जापानी नागरिक सरह, अझ त्यो भन्दा बढी पारिश्रमिक कामदारले पाउने भनिएको छ। 

जापानमा पुगेर नेपाली कामदारले कस्तो सेवा सुविधा पाउँछ भन्ने चाँसोलाई सम्बोधन गर्न बिजपाटी डटकमले जापानका कामदारले पाउने सेवा सुविधाबारे खोजि गरेको छ। यहाँ उल्लेख सेवा सुविधा नेपाली श्रमिकले पाउँछन वा पाउदैनन त्यसको सुनिस्चितता नेपाल सरकारले नै गर्नेछ। तर हामीले जापानी कामदारले पाउने सेवा सुविधाबारे जानकारी दिने प्रयास अनुसार यो रिपोर्ट तयार गरेका छौं। 

यस्ता छन जापानी कामदारले पाउने सेवा सुविधा  

तलबी बिदा 

जापानमा ६ महिना काम गरिसकेपछि स्थाई र अस्थाई कामदारहरुलाई १० दिनको तलबी बिदा दिने ब्यबस्था छ। यो बिदा बेलायत सरकारले दिने बिदाको तुलनामा थोरै हो तर जापानमा १५ दिन सरकारी बिदा हुन्छ। धेरै कम्पनीले जापानमा नयाँ बर्षको अवसरमा बिदा दिने चलन पनि रहेको छ।

बिरामी बिदा 

कामदारको लागि कुनै पनि किसीमको बिरामी बिदा पाउँदैनन तर कामदारलाई आफ्नो तलबी बिदालाई त्यसमा प्रयोग गर्न छुट भने हुन्छ। बिदेशी कम्पनीले बिशेष अवस्थामा आफ्ना कामदारलाई बिदा दिन सक्छ।

सामाजिक सुरक्ष्या 

जापान सरकारले मुख्य २ तरिकाको सामाजिक सुरक्ष्या दिने ब्यबस्था छ।  

१ नागरिक स्वास्थ्य बिमा 

यो बिमा मुख्यत  स्वरोजगार व्यक्ति , स्थाई कामदार र आंशिक समय काम गर्ने कामदारको लागि हो । आफ्नो कमाइ अनुसारको प्रिमियम त्यहाँको स्थानीय सरकारलाई मासिक रुपमा कामदारले बुझाउनु पर्दछ । जसबाट  कुनै पनि रोगको उपचार गर्दाको ७० प्रतिशत खर्च सरकारले ब्योहोर्छ। बाकिको ३० प्रतिशत खर्चको लागि व्यक्तिगत रुपमा टप अप बिमा गरिन्छ । यो बिमा बिशेश गरि विदेशबाट जापानमा लामो समयसम्म नबस्ने गरि काम गर्न आउने कामदारको लागि फलदाई हुन्छ।  

२ सामाजिक सुरक्ष्या 

यो व्यवस्था माथिको भन्दा बृहत छ। यो योगदानमा आधारित सुरक्ष्या ब्यबस्था हो । यसमा ५० प्रतिशत प्रिमियम व्यक्तिको मासिक तलबबाट काटिन्छ । बाकिको ५० प्रतिशत कम्पनीको कामदारको तलब बाट काटिन्छ । यसको लागि कम्पनीको सिमित कामदार मात्र तिर्न बाध्य हुन्छन ।  यो बेलायतको NHS सुरक्ष्या व्यवस्था जस्तै हो ।

यो सुरक्ष्याले  स्वास्थ बिमा , कम्पनीमा काम गर्दाको घाइते बिमा , बेरोजगार बिमा , पेन्सन भत्ता लाई समेट्छ । छोटो समयको लागि जापानमा बसोबास गर्न आउने कामदारको लागि १ नम्बरको सामाजिक सुरक्ष्या बिमा उपयुक्त हुन्छ । २० बर्ष वा सो भन्दा बढी जापानमा बसोबास गरि काम गरेको कामदारले पेन्सन भत्ता को दाबि गर्न पाउने छैन । 

यातायात खर्च 

जापानमा कम्पनिले मासिक ट्रेन खर्च कामदारलाई फिर्ता गर्ने ब्यबस्था छ तर यो बाध्यकारी ब्यबस्था हैन । यातायातको खर्च सामाजिक सुरक्ष्या र कामदार सुरक्ष्या बिमा संग सम्बन्धित छ । यसलाई कामदारको आयकर बाट काटिदैन ।

ब्यापार खर्च 

काम संग सम्बन्धित यातायात , खाना र बस्नको लागि खर्च कम्पनीले दिनेछ । कामभन्दा बाकिको खर्च कामदारको तलबबाट काटिनेछ ।

ओभर टाइम तलब 

कुनै पनि कामदारले हप्तामा ४० घण्टा भन्दा  बढि काम गरेमा कम्पनीले कम्पनीको ब्यबस्था अनुसारको रकम थप गरिदिनेछ । जापानी श्रमिक कानुनको आर्टिकल ३६ अनुसार कम्पनीले ओभर्टाइम गर्ने कामदारसंग लिखित सम्झौता गरेर दैनिक काम लागाउनेछ । उक्त सम्झौतालाई श्रम मानक निरीक्षण अफिसमा बुझाउनुपर्नेछ ।  

छोटो समयको बिदा, लामो समयको बिदा 

छोटो वा लामो समयको बिदा त्यहाँको श्रमिक कानुनले संचालन गर्दैन । यो कम्पनि र कामदार बीच भएको लिखित सम्झौता अनुसार हुन्छ। कामदारले चाहेमा छोटो समयको बेतलबी बिदामा बस्न पाउनेछ । 

प्रसुती बिदा

जापानमा सुत्केरी बिदाको व्यवस्था छ। डाक्टरले तोकेको बच्चा जन्मिने समय भन्दा ६ हप्ता अघिदेखि बच्चा जन्मिएको ८ हप्ता पछीसम्म यस्तो बिदा लिन पाउने व्यवस्था छ। डाक्टरले दिएको बिदाको समयभित्रमा कामदार काममा फर्किसक्नुपर्ने हुन्छ।  

शिशु स्याहार बिदा 

यो बिदा महिला र पुरुष दुवै कामदारको लागि हुन्छ। शिशु स्याहार बिदा प्रशुती बिदा सकिएको दिनबाटै लिन सकिन्छ । यो बिदा बच्चा १ बर्षको  हुदा सम्मको लागि मात्र हुनेछ । यदि शिशु स्याहार बिदा पति ले लिएको अवस्थामा बच्चा १ बर्ष २ महिना हुदासम्म बिदा लिन पाइनेछ । 

प्रसुती बिदाको क्षतिपुर्ती 

प्रशुती बिदाको बेला कामदारको मासिक तलबको दुई तिहाइ तलब सामाजिक सुरक्षा बिमाबाट दिइनेछ । त्यो रकम सामाजिक सुरक्ष्यामा रहेको रकमबाट घटाइनेछ।

शिशु स्याहार बिदाको क्षतिपुर्ती 

मासिक तलबको दुई तिहाइ न नाघ्ने गरि कम्पनीले केहि रकम शिशु स्याहार बिदामा कामदारलाई उपलब्ध गराउछ । यो रकम श्रमिक बिमा बाट दिइनेछ । 

कम्पनीले थप गरेको तलबी बिदा 

१ परिवारमा कसैको मृत्यु भएमा 

A-बुबा, आमा , पति , पत्नी , बच्चाको मृत्यु भएमा - ५ दिन बिदा 

B-हजुरआमा , हजुरबुबा , भाई , ज्वाई , बुहारी , सम्धी को मृत्यु भयमा - ३ दिन बिदा 

यदि A र  B को परिस्थितिमा कामदार मुख्य व्यक्ति भएमा २ दिन थप बिदा लिन सक्ने ब्यबस्था छ । 

२.बौद्ध धर्मावलम्बी भएको खण्डमा दीने बिदा 

बुबा , आमा , पति , पत्नी , बच्चा को मृत्यु भएको पहिलो बार्षिकिको अवसरमा १ दिन बिदा पाइनेछ । 

३ . बिबाह बिदा 

कामदारले आफ्नो  बिबाहमा ५ दिन बिदा लिन पाउने ब्यबस्था छ ।

४. अदालती बिदा 

यदि कामदार अदालतको काम कारबाहीको लागि उपस्थित हुनुपर्ने अवस्था आएमा अदालतमा तोकियको समयको दिन  बिदा लिन पाउनेछ ।

५ . सार्बजनिक बिदा 

सरकारी कामदारको लागि सरकारी बिदाको दिन छुट्टी दिइनेछ । यो बिदा मजदुर आन्दोलनको उपलब्धिको उदाहरण स्वरूप दिइन्छ।

स्रोत: बिभिन्न आधिकारिक वेबसाइट

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved