रोजगार संयोजकमा छनौट भएकाको नतिजा प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 05:25:17 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकमा छनौट भएकाहरुको नतिजा प्रकाशन गरेको छ । दोस्रो पटक संयोजकको लागी माग गरिएको आवेदनमा नौ हजार आठ सय ७४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये आठ सय १९ जना छनौट भएका छन् । 

यी मध्येबाट अनलाईन प्रणालीमा आधारित कम्प्युटर सीपको परीक्षा मार्फत दुई सय ६८ जनाको छनौट गरिनेछ । कम्प्युटर परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कको परीक्षामा कम्तीमा २५ अंक प्राप्त गर्नुपर्नेछ ।

सात सय ५३ स्थानीय तहमध्ये पहिलो चरणको छनौटबाट चार सय ८५ स्थानीय तहमा भने रोजगार संयोजक नियुक्त भईसकेका छन् । आवेदनमा माग भएको संख्या, आवेदन दिएको संख्या र छनौट भएकाको नामावली यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved