नेपाली युवालाई सरकारको उपहार: अब 'सित्तैमा' बैदेशिक रोजगार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 06:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैदेशिक रोजगारीलाई निशुल्क बनाउने घोषणा गरेको छ। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति बिद्यादेबी भण्डारीले सरकारले सबै देशमा निशुल्क जान पाउने व्यवस्था गर्ने नीति लिएको बताएकी छन। 

बैदेशिक रोजगारीलाई थप मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले बैदेशिक रोजगारीमा कुनै शुल्क नलाग्ने गरि सबै देशसंग सम्झौता गर्ने नीति लिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। 

बैदेशिक रोजगारीमा जाने प्रकृयामा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित देशको रोजगारदाताले नै व्यहोर्ने गरि नीति ल्याइने बताइएको छ। त्यतिमात्र नभई कामदारले तिर्नुपर्ने बीमा लगायतका अन्य शुल्क समेत रोजगारदाताले नै व्योहोर्नुपर्ने गरि सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। त्यस्तै बैदेशिक रोजगारको दायरा बिस्तार तथा सुरक्षित गर्नलाई सरकारले थप मुलुकसंग श्रम सम्झौता गर्ने भएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved