म्यानपावर व्यवसायीका अध्यक्षको खुलासा: विप्लब समुहलाई बन्दुक किन्न १५ लाख नदिंदा घरमा बम हाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 05:57:17 AM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले गत महिना आफ्नो घरमा भएको बम बिस्फोटबारे खुलासा गरेका छन। गुरुङले अज्ञात समुहबाट आएको बन्दुक किन्नलाई १५ लाख दिनुपर्ने प्रस्ताब अस्विकार गर्दा आफ्नो घरमा बम बिस्फोट भएको सुनाए। 

काठमाडौँको बसुन्धरास्थिति मेघा पार्टी प्यालेसमा भएको बैदेशिक रोजगार व्यवसायी संघको बिशेष भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले आफूसँग दुई नाल बन्दुक किन्न १५ लाख माग गरिएको बताए। उनले भने, '२ नाल बन्दुक किन्नलाई १५ लाख दिन भन्दै संघमा पत्र आयो, गोली बारुदको लागि पैसा दिइन्न, भनेर जवाफ पठाए।'   

गाउँमा स्कूल बनाउन, स्वास्थ्य सेवा केन्द्र खोल्न वा बाटो बनाउन पैसा आवश्यक छ भने त्यो बेलामा बिचार गर्ने तर गोलि बारुदको लागि पैसा दिन नसक्ने जवाफ पठाएपछि ३ महिनासम्म त्यो समुहले आफुलाई खेदेको गुरुङले बताए। 

आफुले व्यवसायीको हक हितमा काम गर्दै आएको दाबि पेश गर्दै गुरुङले व्यवसायीमाथि प्रश्न गरे, 'मैले कसको लागि लडें ?'  अहिलेको  समयमा बैदेशिक रोजगार व्यवसायमा सेवारत व्यवसायीहरु पैसा दिन सक्ने हैसियतमा नरहेको भन्ने जवाफ लेखेपछि उक्त समुहले त्यसको तीन महिनापछि आफ्नो घरमा बम हानिएको गुरुङले बताए। 

गत फागुन २५ गते अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । उक्त बम बिष्फोटमा कार ध्वस्त हुनुको साथै गुरुङको घरमा पनि आगलागीका कारण क्षति भएको थियो। घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिएको थियो। घटनाको बिरोधमा फागुन २६ गते देशभरका म्यानपावर कम्पनी बन्द गरिएको थियो । सरकारले उक्त घटनाको केही दिनपछी विप्लब नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय लिएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved