'ब्याक अफ एसएसएफ, हाम्रो भएको नखाईदेउ' लेखेको ब्यानर बोकेर दर्जन बैंकका कर्मचारी सडकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 11:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष बिरुद्दको दोस्रो चरणको आन्दोलन देशब्यापी रुपमा थालेका छन्। आजदेखि सुरु भएको दोस्रो चरणको आन्दोलनमा बैंकका कर्मचारीहरुले निधारमा कालो पट्टि बाँधेर देशब्यापी रुपमा आन्दोलन थालेका हुन्। 

बैंकका कर्मचारीहरुले आफ्नै कर्मचारी युनियनको ब्यानरमा 'योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? ' भन्ने सवालहरु राखी निधारमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध गरेका हुन्।

बैंकिङ सेवा अति आवश्यक सेवा भित्र पर्ने कुरालाई मध्यनजर गर्दै बैंकका कर्मचारीहरुले कार्यालय खुल्नु अगाडी बिहान ९ बजेर ३० मिनेट देखि ९ बजेर ४५ मिनेटसम्म निधारमा कालो पट्टि बाँधेर आन्दोलन गरेका हुन्। 

सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलित बैंकका कर्मचारीहरुको कर्मचारी युनियन र युनियनको नेतृत्त्व गरिरहेको नेपाल वित्तीय सँस्था कर्मचारी संघ फियुन हरुको बिषय अदालतमा पुगिसकेकाले बैंकका कर्मचारीहरुले स्वस्फुर्त रुपमा कोष बिरुद्द आन्दोलन गरेका हुन्। 

आजदेखि देशब्यापी रुपमा सुरु भएको सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमान्डू, माछापुछ्रे बैंक, सिभिल बैंक, नबिल बैंक, प्रभु बैंक, कुमारी बैंक, मेगा बैंक लगायतका कमर्शियल बैंकहरु रहेका छन्।    

सामाजीक सुरक्षा कोष बिरुद्दको यो दोस्रो चरणको आन्दोलनमा आफुहरुको पनि साथ रहेको र त्यहि अनुसार ऐक्यबद्दता जनाउन आज बिहान आन्दोलन गरिएको बैकका कर्मचारी युनियनका अध्यक्षहरुको भनाई छ। 

युनियनका अध्यक्षहरुको अनुसार आन्दोलन युनियनको नेतृत्त्वमा नभई बैंकका कर्मचारीहरुले स्वस्फुर्त रुपमा गरेका हुन्। बैंकका कर्मचारीहरुले निधारमा कालो पट्टि बानेर तथा कोषको बिरोध गर्नुको कारण ब्यानरमा उल्लेख गरेर आन्दोलन गरेका छन्। 

यो पनि:

जिफन्ट माथि सत्ताको गुलामी गरेको आरोप, सासु बिरुद्दको आन्दोलनलाई कमजोर नबनाउन सुझाव

ब्याक अफ एसएसएफ भन्दै एनसिसि बैंकका कर्मचारी आन्दोलनमा (भिडियो सहित)

सामाजिक सुरक्षा कोषले नै दिएन मृतकको परिवारलाई क्षतिपूर्ति, न्यायको खोजीमा पीडित

बैंकका कर्मचारीहरुले आफ्नै कर्मचारी युनियनको ब्यानरमा 'योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? ' भन्ने सवालहरु राखी निधारमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध गरेका हुन्।

बैंक, बित्त, बीमा तथा सहकारीका कर्मचारीहरुले बिभिन्न १५ बुंदे माग राखेर सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलन सुरु गरेका हुन्। आफुहरुको माग सम्बोधन गर्नुको साट्टो उल्टै पेलेर जाने रणनीति अख्तियार गरेकाले कोष बिरुद्द आफुहरु आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुको भनाई छ। 

बैंकका कर्मचारीहरुले आफुहरुले खाईपाई आएको सेवा सुविधाको कटौती नहुने कुराको ग्यारेन्टी ऐन मार्फत नै हुनुपर्ने, संचय कोष बापतको पैसा एकमुष्ट फिर्ता पाउनुपर्ने, आफुले जम्मा गरेको पैसा फिर्ता पाउनलाई अहिले बिध्यमान व्यवस्था संसोधन हुनुपर्ने, पेन्सन, उपचार तथा बीमाको व्यवस्थालाई संसोधन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।

आफुहरुको माग सम्बोधन गर्नुको साट्टो झनै पेलेर जाने संदेश दिंदै सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्त भित्र अनिवार्य रुपमा कोषमा दर्ता हुनलाई निर्देशन दिएपछि बैंकका कर्मचारीहरुले अदालत गुहारेका हुन्। 

सामाजिक सुरक्षा कोष बिरुद्द अदालतमा दायर रिट उपर अदालतले अन्तरिम आदेशको साट्टो दुवै पक्षलाई बहसका लागि बोलाएपछि बैंकका कर्मचारीहरुको आन्दोलन चर्किएको हो। 

नेकपा एमाले आबद्द नेपाल ट्रेड युनियन महासंघ (​जिफन्ट) ले आफुहरुलाई पनि बहसमा सामेल गर्नलाई निबेदन दिएपछि अदालतले दुवै पक्षलाई बहसको लागि बोलाएको बिजपाटीको जानकारीमा आएको छ। मजदुरको हकहित बिर्सेर सत्तासँग मिलेर सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनलाई असहयोग गरेको जिफन्ट माथि आरोप छ।    

कोष विरुद्दको मुद्दा अदालतमा विचाराधीन छ । कोष विरुद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको अर्को सुनुवाई आगामी बिहिबारको लागि तोकिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved