डेडिकेटेड ट्रंकलाइनको १० अर्ब बक्यौता १ महिना भित्र असुल गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 01:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले डेडिकेटेड ट्रंकलाइनको बक्यौता १ महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले  बक्यौता वापतको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ बराबर रकम १ महिना भित्र सावाँ र ब्याज सहित असुल गर्न प्राधिकरण गर्नलाई निर्देशन दिएको हो 

समितिले बक्यौता रकम उठाउन उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । बैठकले बक्यौता रकम उठाएको जानकारी समेत समितिलाई दिन निर्देशन दिएको छ ।

डेडिकेटेड ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन बुझ्दै समितिले यस्तो निर्देशन दिएको हो  । ०७६ साउन ५ गते  लेखा समितिले कांग्रेस सांसद मीनेन्द्र रिजालको नेतृत्वमा उपसमिति गठन गरेको थियो। 

डेडिकेटेड ट्रंकलाइनको विषयमा लामो समयदेखि उद्योगी र प्राधिकरणबीच विवाद छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved