४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री कार्यालय मार्फत भर्चुअल माध्यमबाट रिमोट थिचेर आयोजनाको उद्घाटन गरेका हुन् ।
आयोजनाको पहिलो युनिटबाट आज विद्युत उत्पादन गरिएको हो । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माण भएको यस आयोजनामा ७६÷७६ मेगावाटका ६ युनिट रहेको रहेको छ। पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश ः विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ । आयोजनाले यस अवाह्दीको विद्युत प्राधिकरणलाई दिएको पैसा पाउदैन । त्यसपछि भने आयोजनाले विद्युत बिक्रि गरे वापतको पैसा पाउने छ ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन ७६ किलोमिटर रहेको छ ।
आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२÷६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७÷६८मा सुरु भएको थियो । २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए । त्यस समय उर्जा मन्त्री गोकर्ण विष्ट थिए ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।