लोडसेडिङ तालिका निकाल्दै प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 04:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत प्राधिकरणले उद्योगमा घोषित रुपमै लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले आज साँझ तालिका सार्वजनिक गर्ने भएको हो ।

माग अनुसारको बिजुली आपूर्ति नभएपछि प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली नकाटिने प्राधिकरणले जनाएको छ । 

आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सूचना जारी गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘अहिले भारतबाट बिजुली पाउन छाड्यो, करिब १० देखि १५ दिन औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने अवस्था आएको छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं, पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काट्ने भन्ने हामी अब जानकारी दिन्छौं ।’

अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग छ । भारतको बिहार राज्य र इन्डियन इनर्जी एक्सचेन्जबाट समेत बिजुली पाउन नसकिएको प्राधिकरणले जनाएको छ । 

‘बिहारले दिउँसोको समयमा बिजुली दिइरहेको थियो, तर अब दिउँसो पनि दिन सक्दिनँ भनेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved