सुनकोसी–२ जलाशययुक्त आयोजनाको इआईए तयार, रामेछापको मन्थलीसहित यी ठाउँ डुबानमा पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2022 | 01:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank
विद्युत विकास विभागले ९७८ मेगावाट क्षमताको सुनकोसी–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारेको छ। विभागले तयार पारेको प्रतिवेदन अहिले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको छ ।
विभागका सिनियर डिभिजनल इन्जिनियर सुवर्ण खनालका अनुसार मंगलबार प्रतिवेदनलाई अन्तिम रुप दिएर ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत वन मन्त्रालयमा पठाईएको हो ।
सुनकोसी–२ आयोजना बनाउन प्राविधिक रूपमा सम्भव भएपनि वातावरणीय व्यवस्थापनका लागि ठूलो लागत पर्नेछ । आयोजनाले धेरै संरचनाहरु डुब्ने छन् ।
९७८ मेगावाटको जलाशययुक्त यो आयोजना रामेछाप, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माण हुनेछ । ३ जिल्लाका ७ स्थानीय तहका २८ वटा वडाहरु प्रभावित हुनेछन्।
प्रस्तावित आयोजनाको कृत्रिम ताल ५२ किलोमिटरसम्म फैलने छ। अधिकांश क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, बिपी राजमार्ग र खुर्कोट–मन्थली–खिम्ती सडक खण्ड पर्दछन् । १ लाख ४८ हजार ५४६ वटा रुखहरु काट्नुपर्नेछ ।
आयोजना निर्माणका लागि ६ हजार ९८ घरपरिवारको १९६०.९ हेक्टर कृषि तथा आवासीय जग्गा अधिग्रहण गर्नुपर्नेछ। आयोजनालाई आवश्यक निजी जग्गाको मूल्यांकन बजार भाउमा गर्दा ३१ अर्ब बराबरको निजी जग्गामा क्षति हुने देखिन्छ ।
आयोजनाबाट ३ हजार ४७४ आवासीय घर तथा १ हजार ४१८ गोठको क्षति हुनेछ । मन्थली नगरपालिकाका सबैभन्दा बढी परिवारहरु पर्नेछन्।
आयोजना निर्माणका दौरान मन्थली, खुर्कोट, मुलकोट लगायतका स्थापित साना ठुला बजारहरु डुबानमा पर्नेछन् ।
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न संयुक्त रूपमा एसआइडीआरआइ र इआरएमसी जेभीले पाएको थियो।
आयोजनाको बाँध १६८ मिटर अग्लो हुनेछ । आयोजनाको बाँध तल्लो मध्यपहाडी भेगमा पर्दछ । यो रामेछापको रामेछाप नगरपालिका र सिन्धुलीको गोलन्जोर गाँउपालिकामा प्रस्ताव गरिएको छ । यो क्षेत्रमा अंग्रेजी ‘भी’ आकारको भ्याली बनेको छ। जसको चौडाइ ८० देखि १०० मिटर छ। आरसीसी प्रकृतिको १६८ मिटर अग्लो बाँध प्रस्ताव गरिएको छ। बाँध निर्माणका लागि ३४।५ हेक्टर जमिन आवश्यक पर्ने उल्लेख छ।
अध्ययनअनुसार प्रस्तावित आयोजनाको बाँध बाँध निर्माण स्थललाई सुक्खा बनाउन नदीको पानीलाई अस्थायी बाँध (कफर ड्याम) निर्माण गरी सुरुङको माध्यमबाट बाँधभन्दा माथिल्लो भागदेखि बाँधभन्दा तलसम्म फर्काइनेछ ।
बाँध निर्माण गरेपछि १८०.७ घनमिटर पानी जलाशयकमा जम्मा हुनेछ। जलाशय सुनकोसी–३ आयोजनाको प्रस्तावित बाँधस्थलसम्म फैलिनेछ। जलाशयको पानीले ४ हजार २२६ हेक्टर नदी तटीय क्षेत्र ढाक्नेछ।
जलाशयले मन्थली नगरपालिकाको मन्थली बजार, (विमानस्थल समेत), खाँडादेवी गाउँपालिका, मुगिटार, सुनकोसी गाउँपालिका, खुर्कोट, गोलन्जोर गाउँपालिकाको ग्वालटार आदि बस्तीहरु आंशिक वा पूर्ण रुपमा डुबाउनेछ। यस आयोजनाको डुबान क्षेत्रमा सुनकोसी मरिन बहुउदेश्यीय आयोजना पनि पर्छ ।
जलाशयबाट पानी जाने इन्टेक सुरुङको माथिल्लो भागमा जोडिएको हुन्छ। आयोजनामा ३ वटा सुरुङमार्ग प्रस्ताव गरिएको छ। यसको लम्बाई १.२ किमि हुनेछ। व्यास ११ मिटर र स्लोब ०.६ प्रतिशत रहेको छ।
सुनकोसी नदीको दायाँ किनारामा रहेको मध्यपहाडी राजमार्गको किनारमा प्रस्तावित आयोजनाको सतही विद्युत गृह रहनेछ। विद्युत गृह निर्माणका लागि ३।२ हेक्टर जमिन आवश्यक पर्दछ।
आयोजनाबाट उत्पादन हुने विद्युत ४ सय केभी डबल सर्किट क्षमताको करिब ४५ किमि निर्माण गरेर प्रस्तावित सुनकोसी हबमा जोड्ने योजना छ। मन्त्रिडाँडा सिन्धुलीमा सवस्टेशन प्रस्ताव गरिएको छ ।
आयोजनाको लागत २ खर्ब ७ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved