विद्युत प्राधिकरण नाफामा गएपछि कर्मचारीले मागे बोनस, मन्त्रीले भनिन् 'नो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 10:07:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरण नाफामा गएपछि प्राधिकरणका कर्मचारीले बोनस माग गरेका छन् । बुधबार आयोजित प्राधिकरणको ३७ औ वार्षिकोत्सव समारोहमा प्राधिकरणमा क्रियाशील सबै कर्मचारी युनियनहरुले बोनस दिनको लागि प्राधिकरणको संचालक समिति समक्ष माग गरेका थिए 

मुनाफा गर्ने प्रतिष्ठानले एक वर्षमा गरेको मुनाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनसको रुपमा बितरण गर्नु पर्ने ब्यबस्था रहेकोले आफुहरुले कानुन बमोजिम नै बोनस माग गरेका बताएका छन् 

तर प्राधिकरणको संचालक समितिको अध्यक्ष समेत रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भने कर्मचारीलाई बोनस नमाग्न आग्रह गरिन् । मन्त्री भुसालले यसै वर्ष मात्रै सरकारले कर्मचारीलाई १५ प्रतिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक सहयोगको माग नराख्न आग्रह गरिन् । उनले बोनस माग्न छाडेर सेवा सुधारमा लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न कर्मचारीलाई निर्देशन समेत दिईन् । कोभिडको महामारीपछि अर्थतन्त्र तङ्ग्रिन नपाउँदै बोनसको कुरा उठ्नु सही नभएको उनले बताइन्।

बोनसको मागलाई मन्त्रीले ठाडै अस्विकार गरेपछि कर्मचारीहरु मन्त्रीसंग रुष्ट भएका छन् । आफुहरुले थप नयाँ सेवा सुविधा मागेको नभई , कानुनले नै ब्यबस्था गरेको बोनस आफुहरुले माग गरेको र नाफामा गएको प्रतिष्ठानको रुपमा प्राधिकरणले पनि कुनै बहाना बाजी नगरी नियम अनुसारको बोनस दिनु पर्ने उनीहरुको माग छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved