अरुण भ्याली हाइड्रोले पायो आयोगबाट शतप्रतिशत हकप्रद निष्काशनको अनुमती, अबको प्रकृया के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 05:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडल हकप्रद निष्काशनको लागि बिद्युत नियमन आयोगबाट अनुमती प्राप्त गरेको छ। अरुण भ्यालीले शतप्रतिशत हकप्रद बिक्रीको लागि आयोगबाट अनुमति पाएको हो। 

आयोगले आज एक विज्ञप्ती जारी गर्दै यस बारे जानकारी दिएको हो। 

अरुण हाइड्रोपावरले यस अगाडी नै शतप्रतिशत हकप्रद निष्काशनको माग गर्दै आयोगमा आबेदन दिएको थियो। अरुण हाइड्रोको गत बैशाख ६ गतेको संचालक समितिले प्रति कित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव गरेको थियो।

हकप्रद मार्फत प्राप्त हुने १ अर्ब ८६ करोड रुपैयाँ मध्येको ५० प्रतिशतले हुन आउने ९३ करोड ३९ लाख रुपैयाँ कम्पनिले पीके हाइड्रोपावर प्राइभेट लिमिटेड मार्फत निर्माणधिन भईरहेको ३० मेगावाटको लिखु होला हाइड्रोपावर परियोजनामा लगानी गर्ने जनाएको छ। 

त्यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख रुपैयाँ पांचथर स्थित काबेली बि वन केसकेड हाइड्रोपावर परियोजनाका लागि लिएको ऋण चुक्ताको लागि प्रयोग हुने भएको छ। बिद्युत नियमन आयोग, कम्पनीको बार्षिक साधारण सभा र नेपाल धितोपत्र बोर्डको अनुमती पश्चात मात्र हाइड्रोपावर  कम्पनीले हकप्रद निष्काशन गर्न पाउछन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved