एचआईडिसीएलको योजना: शेयर पूँजी ४० अर्ब पुर्याइ १६० अर्ब स्रोतको परिचालन, हरेक वर्ष लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 08:31:25 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा कम्पनीको गतिविधि र भावी गन्तब्य सम्बन्धी झलक सार्वजनिक गरेको छ ।  

 नेपालको जलविद्युत क्षेत्रको विकासका लागि आवश्यक पर्ने दीर्घकालीन प्रकृतिको पूँजी परिचालन गर्ने तथा त्यस्तो वित्तीय स्रोतलाई आर्थिक तथा प्राविधिक रूपले सम्भाव्य जलविद्युत आयोजनामा शेयर वा ऋणका रूपमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम वि.सं. २०६८ असाढ २७ गते यस कम्पनीको संस्थापना भएको थियो। आज कम्पनीले १२ औ वार्षिकोत्सव मनाउन लागेको हो ।

कम्पनीको ४ वर्षे रणनीतिक योजना बमोजिम आ.व. २०८७ / ८८ सम्म कम्पनीको पोर्टफोलियो देहाय बमोजिमको हुने दीर्घकालिन लक्ष्य निर्धारण गरिएको कम्पनीले जनाएको छ  ।

• कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत शेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना (Portfolio) तयार गर्ने ।

•करिब १० हजार मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा रु. १५० अर्ब बराबरको लगानीमा कम्पनीको संलग्नता रहने । 

•कम्पनीको पूँजी कोषमा न्यूनतम तीन गुणा लचकता (Leverage) कायम गर्ने गरी शेयर पूँजी बापत रु.४० अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १२० अर्ब सहित कुल रु. १६० अर्ब वित्तीय स्रोतको परिचालन गर्ने ।

•परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्ने ।

•कम्पनीका शेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने ।

कम्पनीको लगानी समबन्धि विवरण 

कर्जा लगानी:
• १८ वटा जलविद्युत आयोजनामा रु. २१ अर्ब ०२ करोड लगानी स्वीकृत भई हालसम्म रु. ९ अर्ब २४ करोड ऋण प्रवाह भएको ।

• चालु आर्थिक वर्षमा मात्रै ५ वटा नयाँ आयोजनाहरुमा रु. १० अर्ब ४१ करोड ऋण लगानी स्वीकृत भएको र पहिले ऋण लगानी स्वीकृत भईसकेका आयोजनाहरुमा थप रु. १ अर्ब ५२ करोड लगानी स्वीकृत भएको ।

• स्वीकृत ऋण मध्ये चालु आर्थिक वर्षमा कूल रु. २ अर्ब ८६ करोड प्रवाह भएको ।

• चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणबाट अघि बढाईएको १०६१ मेगावाटको अपर अरुण जलविद्युत आयोजनामा सहवित्तीयकरण समूहको नेतृत्व गरी वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भई ऋण स्वीकृतीको प्रकृयामा रहेको । त्यसै गरी अन्य ४ वटा अन्य आयोजनामा लगानी प्रस्ताव प्राप्त भई मूल्याँकन तथा निर्णयको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुमा करिव रु. ३० अर्बको लगानी प्रतिवद्धता रहने ।


शेयर लगानी:
• १२ वटा जलविद्युतसँग कम्पनी तथा आयोजनाहरुमा रु. ५ अर्ब ३४ करोड लगानी प्रतिवद्धता भई हालसम्म रु. ३ अर्ब २४ करोड शेयर लगानी भएको ।

•चालु आर्थिक वर्षमा २ वटा आयोजनामा रु. ४६.६ करोड शेयर लगानी स्वीकृत भएको ।

• स्वीकृत शेयर लगानी मध्ये चालु आर्थिक वर्षमा रु. ५९ करोड प्रवाह भएको ।

• हाल ४ वटा आयोजनामा शेयर लगानी गर्ने सम्बन्धमा आयोजना मूल्याँकन तथा निर्णयको विभिन्न चरणमा रहेका छन । यी आयोजनाहरुमा करिव रु. २५० करोड भन्दा बढी शेयर लगानी प्रतिवद्धता रहने ।

कुल लगानी:
• हाल सम्म ऋण र स्वपूँजी गरेर कुल २६ अर्ब ३६ करोडको लगानी प्रतिवद्धता भई रु. १२ अर्ब ५८ करोड लगानी प्रवाह भएको ।
• चालु आर्थिक वर्षमा शेयर र ऋण गरी कुल रु ३ अर्ब ४५ करोड लगानी प्रवाह भएको छ ।


अन्य:
• नेपाल सरकारको आ.व. २०८०/८१ को वार्षिक बजेट वक्तव्यमा उल्लेख भए बमोजिम कम्पनीलाई पुनर्संरचना गरी थप प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक कार्य प्रारम्भ गरिएको ।

• आन्तरिक एवम् बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालनको सम्भावना र सो को स्वरुप निर्धारण गर्न आवश्यक गृहकार्य अघि बढाईएको ।

•  सहायक कम्पनीहरु मार्फत अघि बढाइएका आयोजनाहरुलाई रणनीतिक साझेदारीमा विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण तथा विद्युत उत्पादन कम्पनी लिमिटेडसँग सम्झौता भई आयोजना विकासका कार्य अघि बढाईएको ।

कम्पनीबारे थप जानकारी 

•नेपाल सरकारले मिति २०६८/०४/०२ मा नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी नेपाल र राजपत्रमा सूचना प्रकाशन गरी कम्पनीलाई “वित्तीय संस्था" को रुपमा तोकेको ।

•मिति २०६९/०३/२६ मा नेपाल राष्ट्र बैङ्कबाट नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ७६ बमोजिम कम्पनीलाई ऋण लगानी गर्न स्वीकृति प्रदान गरेको ।

•दशौं वार्षिक साधारण सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी कम्पनीले जलविद्युतको क्षेत्रका अलावा अन्य नवीकरणीय उर्जासँग सम्बन्धित परियोजनामा लगानी गर्न सक्ने व्यवस्था थप गरिएको ।

•नेपाल राष्ट्र बैंकले मिति २०७८ / १० / १६ मा सार्वजनिक सूचना प्रकाशन गरी बैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ (संशोधन सहित) को दफा ३ (घ) बमोजिम यस कम्पनीलाई उक्त ऐनको व्यवस्था लागू हुने संस्थाको रुपमा तोकेको र सो व्यवस्थाबाट कम्पनीको ऋण असूलीका लागि कानूनी आधारसिलाको निर्माण भएको ।

•नेपाल राष्ट्र बैंकले “क” “ख” र “ग” बर्गका ईजाजतपत्र प्राप्त संस्थालाई जारी गरेको एकिकृत निर्देशन, २०७८ मा संसोधन गरी यस कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता निकायहरुसँग सहवित्तीयकरण गठन गरी सो को नेतृत्व समेत गर्न सक्ने व्यवस्था गरेको ।

•कम्पनीको अधिकृत पूँजी रू. ५० अर्ब, जारी पूँजी रू. २४ अर्ब ५५ करोड ९८ लाख र चूक्ता पूँजी २२ अर्ब ७७ करोड ५८ लाख रहेको छ । पूँजी संरचनामा नेपाल सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको ५ प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ५ प्रतिशत, अन्य संस्थापक समूहको १५ प्रतिशत र सर्वसाधारण समूहको २० प्रतिशत रहेको ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved