अरुण काबेली पावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 12:40:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडले संचालन गरेको आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ। २०८० जेठ ३२ गते आएको बाढीको कारण कम्पनीको आयोजनामा क्षति पुगेको थियो ।

मर्मत सम्भारपछि माघ १० गते बिहान ३ बजेबाट आयोजना पूर्ण संचालनमा आई पुन: विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ । 

कम्पनीले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजन निर्माण गरी सञ्चालन गरी रहेको थियो । गत जेठ ३२ गते पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरु क्षति भइ काबेली बी-१ जलविद्युत आयोजनको विद्युत उत्पादन बन्द हुन गएको थियो।

कम्पनीले सोको मर्मत तथा संभार गरी पुन: विद्युत उत्पादन सुरु गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved