सामाजिक सुरक्षा कोष र एचआईडीसीएलबीच ठूला परियोजनामा लगानी गर्न सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 02:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषले ठूला आयोजनामा लगानी गर्ने भएको छ । कोषमा अर्बौ रुपैयाँ रकम जम्मा भएकाले जलविद्युत लगायतका ठूलो पूँजी चाहिने आयोजनामा लगानी गर्न लागिएको जनाएको हो ।

कोषले यसका लागि हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल)सँग सम्झौता पनि गरेको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा जलविद्युत तथा नवीकरणीय ऊर्जाको विकास, प्रशारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा कोषले सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने उल्लेख छ ।

कोषले जम्मा भएको रकम लगानी गरेर योगदानकर्तालाई दीगो प्रतिफल दिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved