श्वेत गंगा हाइड्रोबाट बाहिरिंदै डोल्मा, ३८ लाख ५१ हजार कित्ता शेयर बेच्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 10:40:32 AM मा प्रकाशित

laxmi  sunrise bank

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसन लिमिटेडको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १ कम्पनीबाट बाहिरिने भएको छ । डोल्मा इम्प्याक्ट फण्ड १  ले कम्पनीमा आफ्नो नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने भएको हो 

कम्पनीका अनुसार उक्त शेयरको लकइन अवधि २०८० फागुन २ गतेबाट सकिएको छ । कम्पनीको संचालक समितिको बैठकले डोल्मा इम्प्याक्ट फण्ड १ लाई उसको नाममा रहेको शेयर बिक्री गर्नको लागि सहमति प्रदान गर्ने निर्णय पनि गरिसकेको छ । अब उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सहमति दिएपछि  डोल्मा इम्प्याक्ट फण्ड १ लाई आफ्नो नाममा रहको शेयर बिक्री गर्ने बाटो खुल्ने छ  

हाल श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसनको चुक्ता पुंजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । जस मध्ये २४.१७ प्रतिशत शेयर डोल्मा इम्प्याक्ट फण्ड १ सँग छ । कम्पनीको ४५ लाख कित्ता शेयर सानिमा माई हाइड्रोपावरसँग रहेको छ 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved