नेटटिभीको दुवै प्लेटफर्ममा चलचित्र 'लक्ष्मी' प्रशारण, पहिले हेर्ने पछि पैसा तिर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2020 | 12:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी नेटटिभीले पहिलोपटक आफ्नो दुवै प्लेटफर्म मार्फत चलचित्र हेर्ने सुविधा दिएको हो। नेटटिभीले आफ्नो दुवै प्लेटफर्म सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न मिल्नेगरि आजदेखि भारतीय चलचित्र लक्ष्मी प्रशारण सुरु गरेको हो। 

कम्पनीकाअनुसार वर्ल्डलिंक WorldLink Communications का ग्राहकहरू जो सँग नेटटिभीको सदस्यता छ, आजदेखि नै नेटटिभी सेट–टप बक्स मार्फत चलचित्र लक्ष्मी हेर्न सक्नेछन भने अरू गैरवर्ल्डलिंक  ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत श्री निरान राजभण्डारी भन्छन्, अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन्, लक्ष्मी बलिउडको ठूलो वजेटको चलचित्र हो । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौ। 

कोभिड १९ को विश्वब्यापी महामारीको बाबजुद पनि नेटटिभी सेटटप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास रहेको उनले बताए। सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सकुन भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ।

नेटटिभीले ग्राहकहरूको लागी पहिला चलचित्र हेर्ने र भुक्तानी पछि गर्न मिल्ने गरि चलचित्र प्रशारण सुरु गरेको हो। अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो।  यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved