स्थगित भएको डेनमार्क र फिनल्याण्डको खेल आजै हुने, कस्तो छ एरिकसनको स्वास्थ्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 11:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमै ढलेपछि रोकिएको डेनमार्क र फिनफ्याल्डबीचको खेल आज नै सुरु हुने भएको छ । खेल नेपाली समय अनुसार १२:१५ बजे सुरु हुने छ ।

सुरुमा पहिलो हाफको बाँकि ५ मिनेट खेलेर ५ मिनेट ब्रेक हुनेछ । त्यस पछि दोस्रो हाफ सुरु हुने छ ।

युएफाका अनुसार मैदानमै ढलेका एरिकसनको अवस्था स्थिर छ र अस्पतालमा उपचार भईरहेको छ । बेल्जियम र रसियाको खेल पनि निर्धारित समय मै हुने छ । 

यस अघि :

हिजो शुक्रबारबाट सुरु भएको युरो कप २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमै ढलेका छन् । फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी एरिकसन मैदानमै ढलेपछि खेल स्थगित भएको छ । 

न्यूयोर्क टाइम्सका अनुसार एरिकसन हुरिएर ढलेपछि ‘अन्मुभ्ड’ भएका थिए । लगत्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरेर अहिले उनलाई डगआउटमा ल्याएर पुनः उपचार गरिँदैछ । एरिक्सनको मैदानमै १५ मिनेट बढी समय उपचार गरेपछि मैदान बाहिर लागिएको छ । उनको मैदानमै कार्डियोपल्मोनरी रेसुससिटेसन (सिपिआर) गरिएको न्युयोर्क टाइम्ले लेखेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved