बिजपाटीले संचालन गरेको 'predict & win' प्रतियोगिताको बिजेता घोषणा, साउन १ मा पुरस्कार दिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 09:07:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले तपाईको पसल डटकमसँगको सहकार्यमा संचालन गरेको 'predict & win' प्रतियोगिताको विजेताहरुको घोषणा गरिएको छ । आज फेसबुक लाइभ मार्फत गोलाप्रथा गरेर बिजेताहरुको घोषणा गरिएको हो ।

जस अनुसार प्रतियोगितामा ११ सय अंकका साथ सिता धिताल प्रथम र १ हजार अंकका साथ रबिन रत्न तुलाधर दोस्रो भएका छन् । त्यस्तै समान ९ सय अंक भएका मध्ये बाट गोलाप्रथा गर्दा विजय पौडेल तेस्रो, संगीरता श्रेष्ठ चौथो, कल्पना हुमागाई पाचौ र सी पन्त छैठौ भएका छन् । 

समान ८०० अंक पाएका ५ जना मध्ये गोलाप्रथा गर्दा जनक खड्का ७ औ, विनय ढकाल ८ औ, गणेश अधिकारी ९ औ, र रोजनी महर्जन १० औ स्थानमा रहेर पुरस्कार जित्नको लागि सफल भएका छन् ।

 बिजपाटीले प्रतियोगिता संचालन गर्नु अगाडी नै प्रतियोगिताको शिर्ष १० स्थानमा रहने १० जनालाई उपहार दिने उल्लेख गरेको थियो । प्रथम पुरस्कार रेडमि नोट टेन मोबाइल रहेको छ भने दोस्रो पुरस्कार स्मार्ट वाच तथा तेस्रो पुरस्कार पावर बैंक रहेको छ । चौथो देखि १० औ नम्बरमा पर्न सफल सहभागीले तपाइको पसलको लोगो अंकित १६ जीबीको पेन ड्राइभ पाउने छन् । 

पुरस्कार वितरण कार्यक्रम साउन १ गते शुक्रबार दिउँसो ११ बजे नक्साल स्थित बिजपाटी डटकमको कार्यालयमा हुने छ । सो समयमा पुरस्कार लिन आउँन असमर्थ हुनेहरुले साउन ८ गते शुक्रबारसम्म (विदाको दिन बाहेक) बिहान १० देखि ५ बजेसम्म बिजपाटी कार्यालयमा सम्पर्क गरि पुरस्कार लिन सक्ने छन् । पुरस्कार लिन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र वा कागजात लिएर आउनु पर्ने छ । 

यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भएको हो । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गरि  वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने ब्यबस्था थियो । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved