बलियो मानिएको नेदरल्याण्ड यूरोकप प्रतियोगिताबाट बाहिर, चेकले लियो ५ बर्ष अघिको बदला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 12:33:06 AM मा प्रकाशित

laxmi  sunrise bank

जारि युरोकप प्रतियोगितामा बलियो टिम मानिएको नेदरल्याण्ड चेक रिपब्लिकसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आज भएको खेलमा चेक रिपब्लिकले दुईका बिरुद्द शुन्य गोलले पराजित गरेपछि नेदरल्याण्ड प्रतियोगिताबाट बाहिरिएको हो। 

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेदरल्याण्डले ५५ औं मिनेटमा रेड कार्ड खाएपछि खेलको लय बिगारेको थियो। जसको फाइदा उठाउदै चेक रिपब्लिकले दुई गोल गर्न सफल भएको छ। 

खेलको ५५ औं मिनेटमा नेदरल्याण्डका म्याथिस दि लिग्तले रेड कार्ड खाएपछि सन १९८८ मा दुईका बिरुद्द शुन्य गोलले सोभियत युनियनलाई पराजित गर्दै युरोकप च्याम्पियन बनेको नेदरल्याण्डले आफ्नो खेल गुमाएको थियो। 

चेक रिपब्लिकका लागि थोमस होलसले ६८ औं मिनेटमा र प्याट्रिक एस्खिकले ८० औं मिनेटमा गोल गर्दै चेकलाई शानदार जित दिलाउन सफल भए। आजको जितसंगै चेकले नेदरल्याण्डसंग ५ बर्ष अगाडीको बदला लिन समेत सफल भएको छ। 

जितसंगै चेक रिपब्लि प्रतियोगताको उत्कृष्ट ८ अर्थात क्वाटरफाइनलमा पुगेको छ। क्वाटरफाइनलको खेलमा चेकले डेनमार्कसँग प्रतिस्पर्दा गर्नेछ। कुल ३२ टिममध्ये यस प्रतियोगताको दोस्रो चरणमा १६ वटा टिमले खेल्नेछन्। प्रत्येक खेलमा पराजित हुने टिम घर फर्कनु पर्ने हुन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved