असोज ९ देखि ‘फेस्टिवल शपिगं मार्केट’, खाद्यान्नदेखि लत्ता कपडासम्म एकै छानामुनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 04:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ । आवश्यक सबै प्रकारका सामाग्री एकै ठाउँमा उपलब्ध गराउन इभेण्ट सोलुसनले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो । 

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहिहो बेला’भन्ने नाराका साथ सञ्चालन हुने फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुहका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहनेछ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने छ । 

एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् । असोज ९ गतेदेखि संचालन हुने मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved