ग्यापुले शुक्रबार फ्ल्यास सेल गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 03:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उपभोक्ताले फोन पे मार्फत कारोबार गरि फोन पे अफर एपमा २ हजार रिवार्ड प्वइन्ट जम्मा गरी फ्ल्यास सेलमा खसी किन्दा रिडिम गर्न पाउनेछन् ।

कुनै सामान खरिद गर्दा फोन पे क्युआर कोड आफ्नो मोबाइल बैकिङ एप मार्फत स्क्यान टु पे गरी  रिवार्ड प्राप्त गर्न सकिने छ । त्यस्तै युटिलिटिज लगायत अन्य पेमेन्ट आफ्नो मोबाइल बैकिङ एप मार्फत भुक्तानी गरी र फोन पे अफर एपमा रहेको च्यालेन्जहरु कम्प्लिट गरेर रिवार्ड प्राप्त गर्न सकिने छ । यसका साथै मोबाइल बैकिङ एप मार्फत एउटा बैंकबाट अर्को बैंकमा फण्ड ट्रान्सफर गरेर पनि रिवार्ड प्राप्त गर्न सकिन्छ ।

फोन पे अफर एप डाउनलोड गरेर रिडिम विथ योर फोन पे प्वइन्टस्मा क्लिक गरी विभिन्न अफरहरु रिदिम गर्न सकिन्छ । उपभोक्ताले

रेड्मी नोट ९, खसी, एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थियटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स लगायन अन्य अफरहरु रिडिम गर्न सक्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved