हुण्डाईको चाडपर्व योजनाः ३ लाखसम्म नगद छुट, बक्परमा आई २०

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 03:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हुण्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहार योजना सार्वजनिक गरेको छ । ‘फेस्टीभ डिलाइट २०७८’ नामक योजनामा ग्राहकले ३ लाखसम्म नगद छुट पाउन सक्ने छन्।

हुण्डाईका कारको मोडल अनुसार फरक फरक छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यो सँगै स्क्र्याच कार्डमार्फत १ लाख सम्मको अतिरिक्त छुट पनि पाईनेछ । अफर योजनामा कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षको बीमा र बम्पर उपहारमा एक जनाले हुन्डाईको नयाँ जेनेरेशन आई २० पाउने छन् ।

लक्ष्मी हुण्डाईले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा, भेन्यू, नयाँ जेनेरेशन टुसान, सान्ताफे, प्यालिसेड, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीकलाई नेपाली बजारमा बिक्रि गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved