तरलता अभावले बदलिदियो रंगहरूको कथा, दशैं छ तर पेन्ट उद्योगमा रौनकता छैन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2022 | 09:11:56 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँसँगै चाडपर्वको माहोलले नेपाली समाजलाई झ्याप्पै छोएको छ । चाडपर्वमा घरहरु रङ्ग्याएर चिटिक्क पार्ने हाम्रो नेपाली परम्परा छ ।

सेतो कमेरो वा रातो माटोले घरको भित्री र बाहिरी भाग लिपपोत गर्ने परम्परा अब क्रमशः आधुनिक हुँदै गएको छ । घरहरु पनि परम्परागत ढुंगा माटोका सट्टा आधुनिक बन्न थालेका छन् ।

त्यसैले, घर रङ्ग्याउने तरिका पनि अब परम्परागतबाट पेन्टस् कम्पनीका आधुनिक ‘कलर’हरु लगाउने तर्फ ‘ट्रान्सफर’ भइसकेको छ ।

आजभन्दा करिब ५ वर्ष अगाडीसम्म रङ्ग उत्पादक कम्पनीहरुले दशैँ र तिहार जस्ता चाडपर्वमा धेरै व्यापार गर्थे । तर, अहिले परिस्थिती फेरिएको छ, मान्छेहरुले घर रङ्ग्याउन दशैँ तिहार कुर्न छाडेका छन् । आवश्यकताका आधारमा जुनसुकै सिजनमा पनि घरमा रङ्ग लगाउन थालिएको छ ।

त्यसकारण, पेन्टिङ कम्पनीहरुको ब्यापार अब ‘सिजनेवल’ मात्रै छैन, बाह्रै महिना सिजन बनेको छ ।

कन्स्ट्रक्सन नहुँदा माग छैन

एभरेष्ट कलरका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज लुइटेल विभिन्न कारणले करिब २ वर्षदेखि व्यक्तिगत आवास निर्माणका काम अपेक्षाकृत रुपमा हुन नसक्दा रङ्गहरुको माग खासै नरहेको बताउँछन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुँदा यसको असर आत्मनिर्भर भइसकेको पेन्टिङ पेन्ट्स उद्योगहरुमा पनि परेको उनको भनाइ छ ।

पेन्टिङ भनेको जति धेरै कन्स्ट्रक्सन भयो, त्यति नै खपत हुने चीज हो, सँगै यो लक्जरियस चीज पनि हो,’ लुइटेलले बिजपाटीसँग भने, ‘अहिले मान्छेहरुसँग पैसा छैन, तरलता अभाव छ । यसका कारण नयाँ घरहरु बनेका छैनन् । नयाँ घरहरु नबन्दा पेन्ट्सको माग खासै छैन ।’

उनका अनुसार एक पटक रङ किनेर लगेर लगाउनेहरु भन्दा नयाँ घरमा लगाउन रङ खरिद गर्नेहरु बढी हुन्छन् । नयाँ खरिदकर्ताले आफ्नो घरमा रङ लगाउन दशैँ वा अरु कुनै चाड कुरेर बस्दैनन् । किनकी, घर फिनिसिङ भएपछि नै उनीहरुले रङ्गरोगनको काम सक्छन् । त्यसैले पनि अब दशैँ तिहारको अवसरमा मात्रै घरमा रङ लगाइन्छ भन्ने ‘ट्रेण्ड’ समाप्त भइसकेको सरोजको अनुभव छ ।

उनका अनुसार पहिला रङ लगाएका ४० देखि ५० प्रतिशतले मात्रै दोहोर्याएर वा त्योभन्दा बढी पटक रङ लगाउँछन् । बाँकी ५० प्रतिशत ग्राहक भने नयाँ हुन्छन् ।

कमर्शियल बिल्डिङमा भने अलिअलि चहलपहल छ

व्यवसायिक भवनहरु तथा होटलहरुमा भने दशैँको बिदाको समयमा रङ्गरोगन गर्ने अभ्यास कायम रहेको उनको भनाइ छ ।

कमर्शियल बिल्डिङहरुले, होटलहरुले लगाउँछन्, किनकी उनीहरु भनेको व्यवसायिक क्षेत्र भयो, व्यापार बढाउन पनि रंगरोगन गर्ने नै भइहाले,’ सरोज सुनाउँछन्, ‘तर, अहिले एक डेढ वर्षदेखि मान्छेहरुको आम्दानी क्रमशः घट्दो छ । ह्याण्ड टू माउथ (हातमुख जोर्न) मात्रै सोच्नु परेको छ । यस्तो अवस्थामा व्यक्तिगत नयाँ घरहरु बन्ने कुरा सम्भव हुने कुरा भएन । पहिला रङ लगाएकाहरुका लागि पनि अहिले अनिवार्य पर्दैन, किनकी रङ अलिअलि गएको न हो । रङ किन्दा हुने बराबरको खर्च उसले अरु बाध्यकारी काममा लगाउँछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved