नयाँ नोट सटहीबारे राष्ट्र बैंकले जारी गर्यो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 04:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विगत वर्षमा झैँ यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा असोज २९ गतेदेखि नोट सटहीको म्यवास्था मिलाईएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र  वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने  छ ।

राष्ट्र बैंकले एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने छ । एक बन्डलमा १०० वटा नोट रहन्छ।  यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved