'बाडौँ खुशी चडौँ सुजुकी' योजनाका पहिलो बम्पर बिजेताले जिते १० ग्राम सुनको सिक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 05:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले २०८० असोज २१ गतेका दिन टेकु शोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्पर बिजेता घोषणा गरिएको छ । 

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट ब्अअभकक ज्ञद्दछ अअ द्यक्ट खरिद गरेका थिए । यस योजना लागु भए देखी प्रत्यक १५ दिन मा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्कि ड्र  मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । 

राजु रिजालले पहिलो बम्परमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । 

 उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा 'बाडौ खुसी चढौं सुजुकी' स्किम ल्याएको छ । यस स्किम अन्तर्गत  ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको १० रुपैयाँ हजार पक्का छुट पाउनेछन् । अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा ग्रहाकले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन ।

शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved