कार्तिक १४ देखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी, अवलोकनकर्ताको खातामा ३००

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 02:02:13 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) ले  '१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८०' गर्ने भएको छ  । फ्यानले बि.सं. २०५१ साल देखि नैं पुष्प व्यवसायको व्यवसायीक विकास बिस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला/पदर्शनीको आयोजना गर्दै आएको छ ।

  “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नारा सहित नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १६ औ संस्करण गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुन लागेको हो ।  २०८० कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा प्रदर्शनी हुने छ ।

यस प्रदर्शनीको सह-आयोजक संस्थाको रुपमा पुष्प विकास केन्द्र रहेको छ। साथै सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रुपमा कृषि विकास बैंक रहेको छ।

फ्यानका अनुसार यस प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध विधाग प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । साथै मेलामा सहभागी भएको उद्यमी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । यस मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन्। यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन्।

फ्यानका अनुसार यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ।

बिगातमा ४ दिने मेला हुने गरेकोमा यस बर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुनेछ। यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । 

मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा सोहि दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने फ्यानले जनाएको छ।

फ्यानका अनुसार मेला अवधी भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शून्य मौज्दातमा खाता खोली रु.३००।- खातावालाको नाममा कृषि विकास बैंक लि.ले जम्मा गरि दिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १०% छुट को व्यवस्था पनि मिलाइएको छ। 

नेपालीहरुको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आगन बगैचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुयाउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको फ्यानले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved