कतार विश्वकप छनौट: युरोपका कुन टिम कुन समुहमा ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 10:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा कतारमा हुने फुटबल विश्वकपको लागि युरोपेली छनौटको ड्र सार्वजनिक भएको छ । सोमबार स्विजरल्याण्डमा भएको एक कार्यक्रममा ड्र सार्वजनिक भएको हो । 

जस अनुसार छनौट प्रतियोगितामा युरोपका ५५ देशले सहभागिता जनाउने छन्। ५५ देशलाई १० वटा समुहमा बाडिएको छ ।  जस अनुसार हरेक समुहमा ५  वा ६ देश रहने छन् । हरेक देशले आफ्नो समुहमा भएका अन्य सबै टिमसँग होम र अवे गरि हरेक टिमसँग २ खेल खेल्ने छन् । यस हिसाबमा हरेक टिमले ८ वा १० खेल खेल्ने छ । 

८ वा १० खेलपछि हरेक समुहको समुह बिजेताले कतारमा हुने विश्वकप खेल्न पाउने छ । यस हिसाबमा १० वटा समुह बिजेता सिधै कतार विश्वकपको लागि छनौट हुने छन् । कतार विश्वकपमा युरोपबाट १३ देश खेल्न पाउने छन् । बाँकि ३ टोली छनौटको लागि अर्को प्ले अफ प्रतियोगिता हुने छ । त्यस प्ले अफमा यी १० समुहका उपबिजेता र युएफा नेशन्स लिगको सबै भन्दा बढी बरियता भएका २ टोली गरि कुल १२ देशले सहभागिता जनाउने छन् । थप २ टोली छनौट गर्दा पहिलो छनौटमा नपरेका देशलाई छानिने छ । 

यी १२ टोलीलाई ४ वटा समुहमा बिभाजन गरिने छ। त्यसमा सेमिफाइनल र फाइनल खेल हुने छ र फाइनलको बिजेताले विश्वकपमा स्थान बनाउने छ । यसरी विश्वकपमा युर्पबाट खेल्ने १३ टोलीको टुंगो लाग्ने छ छनौट खेलहरु आगामी मार्च देखि सुरु हुने छ ।

हेर्नुस कुन समुहमा को को ?

समुह ए: पोर्चुगल, सर्बिया, रिपब्लिक अफ आयरल्याण्ड, लक्जेम्बर्ग र अजरबैजान

समुह बि: स्पेन, स्वीडेन, ग्रिस, जर्जिया र कोशोभो 

समुह सी : इटाली, स्विजरल्याण्ड, नर्थन आयरल्याण्ड, बुल्गेरिया र लिथुआनिया

समुह डि: फ्रान्स, युक्रेन, फिनल्याण्ड, बोस्निया एण्ड हेर्जगोभिनिया र काजकिस्तान

समुह ई: बेल्जियम, वेल्स, चेक रिपब्लिक, बेलारुस र इस्टोनिया

समुह एफ: डेनमार्क, अस्ट्रिया, स्कटल्याण्ड, इजरायल, फारो आईल्याण्ड, र मोल्दोभा

समुह जी: नेदरल्याण्ड, टर्की, नर्वे, मोन्टेनिग्रो, लटिभा, र गिब्रलटर

समुह एच: क्रोएसिया, स्लोभाकिया, रसिया, स्लोभेनिया, साइप्रस, माल्टा

समुह आइ : इंग्ल्यान्ड, पोल्याण्ड, हंगेरी, अल्बेनिया, अन्डोरा, र सान मारिनो

समुह जे : जर्मनी, रोमानिया, आईसल्याण्ड, नर्थ मेसेडोनिया, अर्मेनिया र लिचटेन्सटेन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved