गुहेश्वरी मर्चेण्टको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 07:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा बिधार्थीहरुबीच बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक बिज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न वचत  गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई लाई जोड दिए ।  

ग्लोबल मनि वीक को पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा सम्झना माध्यमिक बिधालय व्यबस्थापन समितिका अध्यक्ष तिर्थराज न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष श्री ओमवीर गुरुङ, प्राधानाध्यपक श्री सन्तोष तिवारी लगायत शिक्षक शिक्षिका, बिधार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो  ।

यसैगरी फाइनान्सले सम्झना माध्यमिक बिधालयका विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री समेत बितरण गरेको थियो । स्टेशनरी सामाग्री वितरण कायक्रममा बोल्दै वडाअध्यक्ष ओमबीर गुरुङ तथा प्राधानाध्यापकसन्तोष तिवारीले फाइनान्सले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले गरेको यो सहयोगले बिधार्थी तथा अभिभावक लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता  जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved