समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ५ जनाको नाम सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 11:54:48 AM मा प्रकाशित

laxmi  sunrise bank

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको लागि ५ जनाको सर्टलिस्ट भएको छ । नेपाल राष्ट्र बैंकको छनौट समितिले परेका आवेदन मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

जस अनुसार प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोबिन्द प्रसाद शर्माको नाम सर्ट लिस्ट भएको छ । राष्ट्र बैंकले उनीहरुलाई आफ्नो कार्ययोजना प्रस्तुतीकरणको लागि बोलाएको छ । चैत्र २१,२२,र २३ गते प्रस्तुतीकरणको लागि समय तोकिएको छ ।

व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरणपछि राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदमा एक जनालाई नियुक्त गर्ने छ । संयोजकको कार्य अवधि एक वर्षको हुने छ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने छ । संयोजकले मासिक रु.१,२६,३००/- पारिश्रमिक पाउने छन्  ।

  राष्ट्र बैंकले  फागुन १४ गते पहिलो पटक र चैत्र ७ गते दोस्रो पटक सूचना जारी गर्दै  समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको लागि दरखास्त आह्वान गरेको थियो । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिन सक्ने व्यवस्था थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved