नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 04:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिएको थियो । 

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि रू एक अर्ब ८१ करोड खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved