पैसा तिर्न नेपालमा क्युआर कोड: कतारमा स्मार्टघडी र फीटनेश ट्रयाकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2021 | 08:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ ले विगतको शैली तथा दैनिकीमाथि मात्र नभई भुक्तानीको शैलीमा समेत ठुलो परिवर्तन ल्याएको छ। जसकारण विकसित देशहरुमा मात्र नभई नेपाल लगायतका विकासोन्मुख मुलुकहरुमा समेत नगद तथा कार्डरहित डिजिटल भुक्तानी प्रणालीका नयाँ उपायहरु खोजिन थालेका छन्।

नगदरहित भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नलाई नेपाल राष्ट्र बैंकले पछिल्लो समय क्युआर कोडलाई प्राथमिकतामा राखेर यसको प्रचार प्रसार तथा प्रवर्द्धन गरिरहेको बेला कतारमा भने 'एडभान्स' प्रकृतिको भुक्तानी प्रणालीको सुरुवात भएको छ। 

कतारको सबैभन्दा ठुलो वित्तीय संस्था कमर्शियल बैंक र दुखान बैंकले भुक्तानीको लागि सुरक्षित र प्रभावकारी मानिएको हातमा लगाइने ब्रासलेट, स्मार्टघडी लगायतका बिभिन्न उपकरण मार्फत भुक्तानी गर्न मिल्ने प्रणालीलाई आत्मसाथ गरेका छन्। 

कोभिड १९ लाई मध्यनजर गरि यी दुवै बैंकले भौतिक सम्पर्क रहित भुक्तानी प्रणालीको सुरुवात गरेका हुन्। दुवै बैंकले हातमा लगाइने स्मार्ट घडी तथा फिटनेश ट्रयाकर मार्फत भुक्तानी गर्न मिल्ने डिजिटल भुक्तानी प्रणालीको सुरुवात गरेका हुन्। 

यस सेवा अन्तर्गत बैंकका ग्राहकले कार्डको प्रयोग बीना नै हातमा लगाइने स्मार्ट घडी तथा फिटनेश ट्रयाकरको सहायताले भुक्तानी गर्न सक्नेछन्। यस प्रकारको भुक्तानी प्रणालीलाई कोभिड १९ को यस विषम परिस्थितिमा बढी प्रभावकारी मानिएको छ भने सुरक्षित र पारदर्शी पनि मानिएको छ। 

यस प्रकारको भुक्तानी प्रणालीले कार्डमा उल्लेख सम्बेदनशील जानकारी बाहिरिने जोखिमलाई घटाएको छ भने भौतिक दुरी कायम गर्नुपर्ने वा सम्पर्करहित हनुपर्ने अवस्थालाई समेत पुरा गरेको छ। 

आफुहरु कतार सरकारले लिएको नगदरहित समुदायको ठुलो सहयोगी भएकाले ग्राहक र मर्चेन्टहरुलाई जहिलेपनि नवीन, सुविधाजनक, र सुरक्षित भुक्तानी समाधानहरू प्रदान गर्ने प्रयास गरिरहेको कमर्शियल बैंकका कार्ड तथा भुक्तानी बिभागका सहायक महाप्रबन्धक रोया खाजियाले दोहा न्युजसँगको कुराकानीमा बताइन। 

विश्वभरका बैंकहरू पूर्ण रूपमा डिजिटल वित्तीय लेनदेनमा प्रवेश गर्दै छन्,। बैंकहरुले आफ्ना ग्राहकहरूलाई उनीहरूको व्यक्तिगत कार्ड विवरणहरू उपकरणमा  दर्ता गर्न अनुमति दिईरहेका छन्। यसले कार्डसंगको सम्पर्कबीना नै बिभिन्न उपकरणमा एक साधारण ट्याप प्रयोग गरेर भुक्तानीको अनुमति दिन्छ।

सम्पर्कविहीन भुक्तानी टेक्नोलोजीले पहिले नै धेरैको ध्यान तानिसकेको छ। त्यसमाथि कोबिड १९ ले उत्प्रेरकको रूपमा काम  गरिरहेको छ। जसले गर्दा नाटकीय रूपमा नेपाल लगायत बिश्वभरका बैंक वित्तीय संस्थाहरु नगदरहित तथा कार्डसहित भुक्तानी प्रणालीतर्फ अगाडी बढिरहेका छन्।  

नगदरहित तथा कार्डसहित भुक्तानी प्रणालीको प्रयोगले भुक्तानीमा गर्न छिटो, सुरक्षित, सुविधाजनक र स्वच्छ तरीका प्रदान गरेको किनमेल कर्ताहरुको अनुभव रहेको पाइएको छ। यस कारण कमर्शियल बैंक, दुखान बैंक लगायतका बैंकहरु आफ्ना साझेदारहरूसँग मिलेर भुक्तानीको लागि नयाँ नयाँ विकल्पहरु पहिल्याईरहेका छन्।  

सन् २०२२ मा कतारमा हुन गइरहेको फिफा विश्वकपको आधिकारिक बैंकिङ पार्टनर रहेको क्युएनबि बैंकले सन २०१२ देखि नै डिजिटल बैंकिङलाई प्रथामिकतामा राख्दै आएपनि यसले २०१९ देखि हातमा लगाइने स्मार्टघडी मार्फत भुक्तानी हुने प्रणाली आत्मसाथ गरेको थियो।  क्युएनबि बैंकले यस प्रकारको भुक्तानी प्रणालीको सुरुवात गरेपनि कोभिड १९ को विश्वब्यापी महामारी पश्चात मात्रै हातमा लगाइने स्मार्टघडी वा अन्य माध्यम मार्फत भुक्तानी गर्न मिल्ने प्रणाली प्रभावकारी मानिएको हो। 

क्युएनबिले सुरु गरेको  हातमा लगाइने स्मार्टघडी वा अन्य माध्यम मार्फत भुक्तानी गर्न मिल्ने प्रणाली कतारको कमर्शियल बैंक, दुखान बैंक, अल अहिल बैंक, क्युआईबि तथा अन्य बैंक वित्तीय संस्थाले समेत अपनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved