क्यान इन्फोटेक बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने, बुकिङ कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 12:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । गत वर्ष २६ औं संस्करणको क्यान इन्फोटेक सफलता पूर्वक सम्पन्न गरेको क्यान महासंघले बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको हो । 

विगतका वर्षहरुमा पौष, माघ र फागुन महिनामा आयोजना हुँदै आएको क्यान इन्फोटन वर्ष २०२१ मा भने कोभिड–१९ का कारण ३ महिना ढिला हुन गएको आयोजकले बताएको छ । क्यान इन्फोटेकको आयोजनाले कोविड–१९ का कारण प्रभावित भएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने महासंघको अपेक्षा छ । यसबीचमा सूचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूलाई इन्फोटेकमा ल्याइने दाबी पनि गरिएको छ ।

२७ औं क्यान इन्फोटेक शिर्ष प्रायोजन प्रभु पे ले गरेको छ । सह–प्रायोजन वल्र्डलिंक कम्युनिशन रहेको छ । प्राज्ञिक साझेदारका रुपमा सन वे कलेज र डिजिटल डिस्प्ले साझेदारको रुपमा अल्ट्रा एल.इ.डि. रहेको छ । 

पलाटिनम, डायमण्ड, गोलर सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन आजबाट खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्धनका सामग्रीमा लोगो प्रदर्शनी लगायतका सुविधाहरू पाउने छन् ।

प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न रास्ट्रिय र अन्तराष्ट्रिय संचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रदशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने सक्ने छन् । 

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्हरु रहने छन् जसमा बाण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार कैन्द्र मुख्य हुने छ ।

पदर्शनीकर्ताहरूले सफ्टवेयरहरु, नेटवर्किक र क्लाऊड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्यूशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राखिने छ ।

त्यसैगरी, अर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धि सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलूसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिव साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोर्टेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । यस पटकको इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस गरिने छ । साथै सर्वसाधारणको लागी प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ लाग्ने छ । साथै क्यान इन्फोटक २०२१ का लागि चैत्र ८ गतेदेखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिंग खुल्ला हुनेछ ।

क्यान महासंघ नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति–विज्ञ, व्यवसायीहरु र संघ संस्थाहरुको छाता संगठन हो । क्यानले नेपालभित्र ५८ जिल्ला, ७ प्रदेश र केन्द्रमा निर्वाचित समिति तथा जापान र अमेरिकामा अन्तराष्ट्रिय च्याप्टरहरुमार्फत गतिविधि गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved