आरबीबी र टेलिकमको 'नमस्ते पे' वालेटले पायो अनुमति, बिना इन्टरनेट रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 09:28:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले 'नमस्ते पे' वालेटलाई संचालनको अनुमति दिएको छ । राष्ट्र बैंकले बिहिबार मोबाइल भुक्तानी सेवा सञ्चालनको लागि  'नमस्ते पे' वालेटलाई अनुमति दिएको हो ।

यो वालेट नेपाल डिजिटल पेमेन्ट कम्पनीले संचालनमा ल्याउन लागेको हो  । यस कम्पनीमा नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंक आरबीबीको लगानी रहेको छ । यस वालेटको मुख्य विशेषता सामान्य मोवाइल फोनबाट पनि भुक्तानी गर्न मिल्ने हो । 

 नमस्ते पे संचालनमा ल्याउनलाई टेलिकम र आरबीबीको लगानीमा छुट्टै कम्पनी खडा गरेका हुन्। उक्त कम्पनी टेलिकमको सहायक कम्पनीको रुपमा रहनेछ भने यस कम्पनीको चुक्तापुँजी १ अर्ब कायम गरिएको छ। जसमा टेलिकमको हिस्सा ६० प्रतिशत रहेको छ भने आरबिबिको ४० प्रतिशत सेयर स्वामित्व छ। 

यस कम्पनीमा ५ सदस्यीय संयुक्त संचालक समिति रहेको छ। जसमा टेलिकमका तर्फबाट राजेन्द्र श्रेष्ठ अध्यक्ष छन् भने संचालकमा अमुल शाक्य र संचिता पहाडी छन्। त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको तर्फबाट संचालकमा सरस्वती अधिकारी र दिबेश प्रसाद लोहनी रहेका छन्। टेलिकमका कर्मचारी कुशल प्रसाद अधिकारि यस कम्पनीको व्यवस्थापन हेर्नलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन्।  अहिलेको लागि कम्पनीको कार्यलय त्रिपुरेश्वर स्थित टेलिकम भवनमा रहेको छ। 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोहवरमा रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा २०७५ साल बैशाख १९ गते यस कम्पनी संचालनमा ल्याउनलाई टेलिकम र आरबीबी बीच सम्झौतामा हस्ताक्षर भएको थियो। 

यस नमस्ते पे वालेट मार्फत अन्य वालेटहरुमा जस्तै सम्पूर्ण सेवाको भुक्तानी तथा प्राप्ति सुविधा हुनेछ भने सम्पूर्ण सरकारी भुक्तानी तथा प्राप्ति सुविधा समेत रहनेछ। अन्य वालेटहरु एन्ड्रोइड, आइफोन तथा ल्यापटप र कम्प्युटरमा  संचालन हुन्छन भने मेसेज मार्फत भुक्तानी तथा प्राप्तिको सुविधा रहेको छ भने नमस्ते पे वालेटमा युएसएसडी प्रणाली अर्थात मोबाइल फोन रिचार्ज गर्नलाई कोड प्रयोग गरेझैं सामान्य मोबाइल फोनबाट पनि भुक्तानीको सुविधा उपलब्ध छ।

कम्पनीले एक महिना भित्र सेवा सुरु गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved