हरेक ठाउँको ठेगाना दिने कहाँ एप सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 08:57:05 AM मा प्रकाशित

laxmi  sunrise bank

ठेगाना थाहा पाउन कहाँ एप सार्वजनिक भएको छ । मेसाेभिजन टेक्नाेलाेजीले  कहाँ एप विकास गरेको हो ।


कम्पनीका अनुसार हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने यसकाे प्रयाेग गर्न सकिन्छ । कहाँ स्थानीयकण गरिएकाे एप हाे । यसलाई प्रयोग गर्न निकै सजिलो छ । याे नेपाली भाषामा समेत उपलब्ध छ ।


कम्पनीले भनेको छ 'कसैलाई घरमा बाेलाउनु पर्याे भने पहिले त्यस ब्यक्तिकाे लाेकेसन साेधेर सवारी साधनमा फलानाे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्ताे रंगकाे घर देखिन्छ, त्यसलाइ छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँकाे अबस्था बर्णन गरेर बाेलाउनु पर्ने अहिलेकाे अबस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने ब्यक्तिलाई त्यसै गरी आफ्नाे लाेकेसन देखाउनु पर्ने अबस्था छ ।' यस्ताे समस्यालाई समाधान गर्न कहाँ एप सार्बजनिक गरिएकाे यस एपकाे विकासकर्ता  नारायणाबहादुर क्षेत्रीले बताए । 


क्षेत्रीका अनुसार कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नाे ब्यवसायलाइ सूचिकृत गराउन सकिन्छ । आफ्नाे ब्यवसाय सूचिकृत गरेपछि यसमा ब्यवसायकाे ठेगाना, तस्बिर, उत्पादनहरूलाई ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाइ अरू कहाँ प्रयाेगकर्ताहरूलाई बाँड्न सकिन्छ ।

यसमा सन्देश आदानप्रदानकाे सुविधासमेत छ । आफ्नाे समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाइ प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन् ।,


कम्पनीका अनुसार कहाँ एपबाट आफ्नाे ठेगाना नजिकै पाइने बस्तु तथा सेवाकाे जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यासँ डिपाे, बालुवा डिपाे, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खाेज्न सकिन्छ । यसमा होटेल / रिसोर्ट्स / गेस्टहाउस, विद्यालयहरू / कलेजहरू / शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved