क्रिकेटर कुशल, रोहित र दीपेन्द्र एकैसाथ बने एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 11:44:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ । एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको हो । 

 क्रिकेटरहरुसँगको यस सम्झौता हस्ताक्षर बिहीबार एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवा का चिफ बिजनेस अफिसर  आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर  सुमित भण्डारी  र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।  

 यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको जनाएको छ । यस सहकार्यको साथै मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध रहेको एफवानले जनाएको छ ।

'खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ । खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ ।' जारी विज्ञप्तीमा भनिएको छ। 

एफवान सफ्ट ग्रुपकाा निर्देशक सुवास शर्मा का अनुसार, 'हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।' 

एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूह  हो । विगत १९ वर्ष देखि सञ्चालनमा आएको यस ग्रुपले नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved