शिवरात्री मनाउन आएका भारतीय बाबा गाँजा व्यापारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 01:00:30 PM मा प्रकाशित

nepal oil ltd

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको रौनक बढेको छ । शिवरात्रीका लागि पशुपति आउने साधुहरुको संख्या दिनदिनै बढिरहेको छ । यसवर्ष फागुन ९ गते शुक्रबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । यसवर्ष ५ हजारको संख्यामा प्रहरी परिचालन हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

२० लाखले दर्शन गर्ने अनुमान

पशुपतिमा आएका साधुहरु विभिन्न किससिमका छन् । उनीहरु आफूलाई नाथ, अघोरलगायतका बाबा भएको बताउँछन् । पशुपति क्षेत्र विकास कोषले यसवर्ष करिब ५ हजारको हाराहारीमा भारतबाट साधु सन्त एवम् बाबाहरु आउने अनुमान गरेको छ । भारतबाट आउने साधुहरुको लागि खान र बस्नको प्रवन्ध कोषले नै गरेको छ । 

कोषका सूचना अधिकारी प्रेमहरी ढुंगानाका अनुसार यसवर्षको शिवरात्रीमा स्वदेशी र विदेशी गरी २० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । कोषले गतवर्ष देखि नै पैसा तिरेर सिधै दर्शन गर्न पाउने व्यवस्था हटाएको छ । कोषले गतवर्ष देखि नै मन्दिरको पूर्वी ढोकासमेत खोल्न थालेको छ । ‘यस वर्ष पनि यदि दर्शनार्थीलाई समस्या भयो भने पूर्वीद्वारसमेत खोलिनेछ’ उनले भने । 

गाँजा बेच्दै साधुहरु

पशुपतिनाथ क्षेत्रमा प्रतिबन्धित गाँजालगायतका लागूऔषध सेवन गर्न पूर्ण रुपमा बन्देज लगाईएको भएपनि भारतबाट आउने बाबा एवम् साधुहरुले भने खुलेयाम सेवन मात्रै नभई विक्रिसमेत गरिरहेका छन् । भारतको बृन्दावनबाट आएको हुँ भन्ने एक जना साधुको भेषधारी भारतीयले गाँजा घाममा सुकाएर समेत राखेका छन् । 

उनले यसवर्ष मात्रै नभई हरेक वर्ष आफू शिवरात्रीमा काठमाडौँ आउने र प्रत्येक वर्ष गाँजाको व्यापार गर्ने बताएका छन् । गत वर्षको शिवरात्रीमा उनले २५ हजार भारुको गाँजा बेचेका थिए रे । उनका अनुसार गतवर्षभन्दा यसपाली धेरै पैसा कमाउने उदेश्यले गाँजा पनि धेरै नै ल्याएका छन् । 

कोषका सूचना अधिकारी ढुंगेल भने आफूले साधु र बाबाहरुले गाँजा बोकेको नदेखेको बताएँछन् । ‘नेपालको कानुनले नै प्रतिबन्ध गरेको चिज खाएको, बेचेको देखे समातेर थुन्ने काम हामी गर्छौ’ उनले भने, ‘तर मैले देखेको छैन ।’ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved