काठमाडौँ प्लाजामा नेपाल ट्रष्टको चलखेल, गुम्दै २४ लाख आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 02:20:12 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

नेपाल ट्रष्टको कार्यालयले सुरक्षाकर्मी लगाएर काठमाडौं प्लाजा आफ्नो नियन्त्रणमा लिएको छ । कमलादीस्थित काठमाडौं प्लाजाको भवनमा भाडा नतिरी व्यापार गर्दै आएका व्यवसायीलाई हटाएर बैशाख २ गते ट्रष्टले आफ्नो नियन्त्रणमा लियो । 

नेपाल ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले भवन भाडामा लिएको कन्सेप्ट डेभलपर्सले आफूले व्यवसायी हटाउन नसकेको स्वीकार गरेर ट्रष्टलाई नै बल प्रयोग गरेर व्यवसायी हटाउन सहमति दिएपछि ट्रष्ट आफैँले सुरक्षाकर्मी लगाएर भवन आफ्नो जिम्मामा लिएको बताउँछन् ।

१० महिनाको भाडा पाएको छैन

सम्झौता अवधिभन्दा १० महिना ढिला गरी व्यवसायीलाई हटाएर ट्रष्टले प्लाजाको भवन नियन्त्रणमा लिएपनि यो १० महिनाको भाडा के हुने भन्ने अन्यौल छ । चैत्र ३१ गतेसम्म हटिसक्न उर्दी जारी गरेपनि अटेरी भएर बसेका व्यवसायीका फर्म तथा पसल शील गरिएकाले शील गरिएका फर्मका सामान लिन आउँदा व्यवसायीबाट १० महिनाको भाडा असुल गरिने ट्रष्टले दाबी गरेको छ ।

२०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय ट्रष्टले गरेको थियो । ट्रष्टको कार्यालयले १० महिनामा ३ पटक सूचना जारी गरेको थियो । ट्रष्टले प्लाजाबाट पाउनुपर्ने असारदेखिको भाडा नपाएकाले जसरी पाउने उठाउने दाबी गर्दै आएको छ । 

ट्रष्टले के गर्छ अब त्यो भवन

बैशाख २ गते प्लाजाको भवन खाली गराएको ट्रष्टले अब उक्त भवन के गर्छ भन्ने चासो छ । तर, काठमाडौँ महानगरपालिकाले यसअघि नै ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी उक्त प्लाजाको भवन भाडामा लिने बताईसकेको छ । 

२०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षे सम्झौता सकिएपछि ट्रष्टले उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । यो भवनमा महानगरको कार्यालय रहनेछ । 

६२ लाख बुझाउने प्रस्ताव फिर्ता

कन्सेप्ट डेभलपर्सले ट्रष्टलाई हाल मासिक ६ लाख रुपैयाँमात्र भाडा बुझाउँदै आएको थियो । २०७७ जेठ २८ मा कन्सेप्ट डेभलपर्सले प्लाजाको मर्मत सम्भारमा ८ करोड खर्च भएको दाबी गर्दै पुनः सम्झौता नवीकरणको प्रस्ताव राखेको थियो ।

सम्झौता नवीकरणसँगै ट्रष्टले गरेको मूल्यांकन (मासिक ६० लाख ५० हजार) भन्दा १ लाख ५० हजार रुपैयाँ बढी अर्थात मासिक ६२ लाख रुपैयाँ भाडा बुझाउने प्रस्ताव ट्रष्टलाई पठाएको थियो । तर, ट्रष्टले मासिक ६० लाख ५० हजारमा महानगरलाई दिने निर्णय भईसकेको भन्दै कन्सेप्ट डेभलपर्सको प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।

कन्सेप्ट डेभलपर्सको प्रस्ताव अस्वीकार गरेर ट्रष्टले वार्षिक २४ लाख रुपैयाँ गुमाउने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved