नबिल इन्भेष्टमेन्टको वैदेशिक लगानी योजना: विदेशबाटै नेपालको सेयरबजारमा लगानीको अवसर

उमेश न्यौपाने/बिजपाटी

उमेश न्यौपाने/बिजपाटी

Apr 20, 2021 | 01:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि विदेश कै भूमिबाट पनि नेपालको सेयर बजारमा लगानी गर्न मिल्ने गरी विशेष योजना ल्याएको छ । ‘सरल वैदेशिक नेपाली लगानी  व्यवस्थापन सेवा’ नाम दिइएको यस योजनामा विदेशकै भूमिबाट पनि सहजै सहभागी भई नेपालको सेयर बजारमा विदेशमा रहेका नेपाली नागरिकले लगानी गर्न पाउने छन् । 

यस योजनामा सहभागी हुनका लागि ईच्छुक नेपाली नागरिकले नागरिकताको फोटोकपी, अख्तियारीनामा, फोटो, के वाइ सी, आम्दानीको स्रोत लगायतका आवश्यक कागजात ई–मेल मार्फत नविल इन्भेष्टमेन्टको कार्यालयमा पठाउँनु पर्ने छ । यी कागजात प्राप्त भए पश्चात नविल इन्भेष्टमेन्टले वास्तविक व्यक्ति पहिचानका लागि सम्बन्धित व्यक्तिसँग जुम तथा अन्य भिडियो कन्फेरेन्स मार्फत प्रत्यक्ष रूपमा संवाद गर्नेछ । 

कागजात सम्बन्धी आवश्यक  प्रक्रिया सकिएपछि  इच्छुकले इन्भेष्टमेन्टमा लगानी रकम ट्रास्फर गर्नुपर्ने हुन्छ । योजनाअन्तर्गत सेयर बजारमा लगानी गर्नको लागि इच्छुकसँग स्वैच्छिक र गैरस्वैच्छिक गरी दुईवटा विकल्प रहनेछन् । 

जो व्यक्तिले सेयर बजारमा आफै प्रत्यक्ष सहभागी भएर सेयर किनबेचको निर्णय लिन चाहन्छ भने ऊ सँग गैर स्वैच्छिकको विकल्प खुला छ जसमा सेयर किनबेचको काम सम्बन्धित व्यक्तिले गरे पनि ब्रोकर खाता खोल्ने, सेयर राफसाफ गरिदिने, भुक्त्तानी दिने तथा लिने जस्ता काम उसको तर्फबाट इन्भेष्टमेन्टले गरिदिन्छ । यतिमात्र नभई सेयर किनबेच गर्नको लागि उचित कम्पनी छनोट गर्न,लगानी सम्बन्धी निर्णय लिनका लागि नविल इन्भेष्टमेन्टले सल्लाहकारको भूमिका निर्वाह गर्ने छ । यसका साथसाथै सेयर बजारबाट कमाइ भएको पैसा इन्भेष्टमेन्टले सम्बन्धित व्यक्तिले चाहेको कुनै पनि बेला भुत्तानी गरिदिने छ । 

त्यस्तै जो व्यक्तिसँग सेयर किनबेच गर्नको लागि पर्याप्त समय वा जानकारी छैन तर लगानी गर्न पैसा र ईच्छा छ भने तिनीहरुले स्वैिच्छक लगानी योजना रोज्न सक्न्छन्, जसमा सम्बन्धित व्यक्तिबाट अख्तियारी लिएर बैंक खाता खोल्ने देखि सेयर किनबेच तथा यससँग सम्बन्धित सम्पूर्ण काम यस इन्भेष्टमेन्टले गरिदिने छ ।  

विदेशी भूमिमा रहेका नेपाली नागरिकको कमाइलार्ई नेपालकै सेयर बजारमा लगानी गरी आर्थीक रुपमा अब्बल बनाउने लक्ष्यका साथ नविल इन्भेष्टमेन्टले यो योजना ल्याएको इन्भेष्टमेन्टका ब्यापार शाखा प्रमुख मनोहर कंडेलको भनाई छ । 

सेयरबजारको बारेमा लगानीकर्ता पूर्ण रूपमा जानकार हुनुपर्ने कंडेल बताउँछन् । यसका लागि आवश्यक परेमा इन्भेष्टमेन्ट बाट तालीम दिने व्यवस्था समेत छ । इन्भेष्टमेन्टले खाडी मुलुक (कतार,मलेसिया,दुबइ,साउदी) लगाएत अन्य मुलुकमा श्रम गर्ने नेपाली नागरिकहरुको आफ्नो श्रमको यथोचित मूल्यलाई नेपाली सेयर बजारमा लगानी गरी श्रमको फल सुनिश्चित गर्दछ। जसले गर्दा उनीहरुको श्रमले आफ्नै देशमा आएर केहि कार्य गर्न आर्थिक सहयोग पु¥याउन सक्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved