कसरी हरायो पशुपतिनाथ मन्दिरबाट १७३ तोला सुन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 10:36:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिरबाट सुन गायब भएको छ । पशुपति मन्दिर परिसरको गुह्यश्वेरी मन्दिरभित्र राखिएका मुर्तिहरुबाट १७३ तोला सुन हराएको पाईएको हो । तर, पशुपति क्षेत्र विकास कोषले सुन गायब हुनुमा गोलमटोल उत्तर दिएको छ । 

सुन क्षय भएपछि मुर्ति मर्मतको काममा पनि कोषले स्वार्थ बाँझिने गरी निर्णय गरेको देखिएको छ । तर, कोषका अधिकारी भने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा यस विषयमा केही कुरा उल्लेख भएपनि आफूहरुको गलत नियत भएको दाबी गर्छन् ।

‘खिया लागेर हरायो’

२०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा सुन राखिएको थियो । ७१३ तोला सुन र १३३.४ किलो चाँदीको उक्त मोलम्बामा २०६७ सालमै प्वाल परेको बताईएको थियो । ५ भदौ २०६७ मा मोलम्बामा प्वाल परेको जानकारी कोषलाई गराईएको थियो । तर, कोषले आर्थिक वर्ष २०७५/०७६ बाट मात्रै उक्त मुर्ति मर्मतको काम थालेको थियो । 

महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोषबाट झिकाएको मुचुल्कामा १७३.५ किलो सुन क्षय भएको उल्लेख छ । यति मात्रै नभई उक्त मुचुल्कामा कोषले ‘मुर्तिमा चढाईएका फूल, अक्षता र रंगका कारण खियावट भएर ती सुन क्षय भएको’ लेखेको छ ।

मूल्य कति ?

हाल सुनको मूल्य तोलाको ९१ हजारको वरीपरी छ । तोलाको ९१ हजारलाई नै आधार मानेर हिसाब गर्ने हो भने १ करोड ५७ लाख ८८ हजार ५ सय रुपैयाँ बराबरको सुन गायब भएको छ ।

अहिले ती मुर्ति मर्मतको काम भईरहे पनि मुर्ति मर्मतका लागि कति तोला सुन खरिद गरियो भन्ने जानकारी कोषले गोप्य राखेको छ । 

‘सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धाबाट मर्मतको ठेक्का दिनुपर्ने भएपनि बिना प्रतिस्पर्धा मुर्ति मर्मतको काम दिईएको छ’ कोष स्रोत भन्छ, ‘एउटा नीजि कम्पनीलाई बिना कुनै कम्पिटिशनमा ठेक्का लगाईएको छ । कतिमा लगाईएको हो भन्ने जानकारी हामीलाई पनि छैन ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved