सेबोन अध्यक्षको दौडमा राष्ट्र बैंकका पूर्व क्याडरदेखि सेयर बजारका ठुला लगानीकर्तासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 10:01:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पुर्व क्याडरदेखि ठुला लगानीकर्ताका पहिचान बनाएका व्यक्तिहरुसमेत आकांक्षी देखिएका छन्। 

बोर्डको अध्यक्षबाट भिष्म ढुंगानाको बर्खास्तीपछि रिक्त रहेको पदमा नियुक्तिका लागि अर्थमन्त्रालयले समिति गठन गरेसंगै आकांक्षीहरुको अनुहार विस्तारै बाहिर आउँन थालेको हो। 

बोर्डको अध्यक्षको आकांक्षीमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका पुर्व क्याडर डा. गोपाल भट्टदेखि नेपालको सेयरबजारका वारेन बफेट मानिने ठुला लगानीकर्ताका पहिचान बनाएका अम्बिका प्रसाद पौडेलको चर्चा रहेको छ। 

यी पात्रहरुसंगै नेपाली कांग्रेसको तर्फबाट  धितोपत्र बोर्डका पुर्व सदस्य समेत रहेका राष्ट्र बैंकका पुर्व निर्देशक शिवनाथ पाण्डे, नेपाल स्टक एक्सचेन्जका पुर्व सीईओ सिताराम थपलिया पनि बोर्डको अध्यक्षको आकांक्षीमा देखिएका छन्। 

त्यस्तै कुनै पार्टीसँग प्रत्यक्ष सरोकार नराखेपनि नेपाली काँग्रेस निकट मानिने धितो बोर्डमा हाल कार्यकारी अध्यक्षको समेत जिम्मेवारी पाएका बोर्डका  वरिष्ठ कार्यकारी निर्देशक निरज गिरिलाई पनि बोर्डको अध्यक्षको आकांक्षीको रुपमा लिइएको छ। 

त्यस्तै माओवादीको सिफारिसमा बीमा समितिका अध्यक्ष बनिसकेका चिरिन्जीवी चापागाईलाई पनि बोर्डको अध्यक्षको आकांक्षीमा हेरिएको छ भने धितोपत्र बोर्डका बहालवाला अर्का कार्यकारी निर्देशक डाक्टर नबराज अधिकारिले पनि बोर्डको अध्यक्षको लागि लबिंङ गरिरहेको पाइएको छ। भिष्म ढुंगाना अध्यक्ष हुँदा पनि डाक्टर अधिकारीले अध्यक्षको लागि आबेदन दिएका थिए। 

त्यस्तै एमालेबाट अल्गगिएर अलग्गै पार्टी बनेको एकीकृत समाजबादीको तर्फबाट पनि आकांक्षीहरु देखिएका छन्। धितोपत्र बोर्डका पुर्व संचालक तथा नागरिक लगानी कोषका पुर्व सीईओ समेत रहेका कृष्ण प्रसाद आचार्यको नाम पनि धितोपत्र बोर्डको अध्यक्षको आकांक्षीहरुको सुचिमा देखिएको छ। 

त्यस्तै बिजपाटीलाई प्राप्त जानकारीअनुसार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले पनि धितोपत्र बोर्डको अध्यक्षको लागि आबेदन दिने तयारी गरेका छन्।         

नेपाली कांग्रेसको नेतृत्त्वमा सरकार बनेपनि केहि राजनीतिक दलहरुको गठबन्धनबाट सरकार बनेकाले बोर्डको अध्यक्ष र नेप्सेको प्रमुख कार्यकारीबीच भागबन्ड़ा हुने देखिएको छ। अर्थमन्त्री माओवादीबाट भएकाले धितोपत्र बोर्डमा माओवादीले दाबी गर्दै आएको छ। आफुहरुले धितोपत्र बोर्ड लिएर नेपाली कांग्रेसलाई नेप्से दिने अर्थमन्त्रीको चाहना रहेको बताइन्छ। 

अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरिसकेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल,  अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो।

यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि  योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । 

बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved