घट्यो सुनको भाउ, चाँदीको स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 12:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज विहिबार सुनको भाउ २ सयले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार प्रति तोला ५८ हजार ५ सयमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी भने हिजोकै मूल्य प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले १० ग्राम छापावाला सुनको मूल्य ५० हजार २ सय ४० रुपैयाँ तोकेको छ भने तेजावी सुन १० ग्राम बराबर ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ । यसैगरी चाँदी १० ग्राम बराबर ६ सय ५६ रुपैयाँ तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved