बिहीबार १६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 10:48:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved