बुधबार ७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 10:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९३ हजार ४ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९२ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज २० रुपैयाले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ६९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved