बुधबार ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 10:53:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved