सुनको भाउमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 12:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ४ सयले नै घटेर ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved