सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 11:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ३ रुपैयाँ पुगेको हो ।

तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ८८ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार १७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved